४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

घरमै यसरी बनाउनुस् तन्दुरी चिकेन

घरमै यसरी बनाउनुस् तन्दुरी चिकेन
अ+ अ-

काठमाडौं । हिजोआज मानिसहरू दिनहुँ रेस्टुरेन्ट धाउने गर्छन् । खानामा फरक स्वाद खोज्न, परिवार र साथीभाइबीच क्वालिटी टाइम बिताउन र समयको बचत गर्न अधिकांशको रोजाइमा रेस्टुरेन्ट पर्छ । यस्ता रेस्टुरेन्टमा मौलिक खाना या बाहिरबाट प्रचलनमा आएका विभिन्न रेसिपीका फरक स्वादको मज्जा लिन सकिन्छ । जसमध्ये ननभेज पारखीका लागि तन्दुरी चिकेन पनि एक हो ।

तन्दुरी चिकेन नेपालमा छोटो समयमै लोकप्रिय बनिसकेको छ । यसको इतिहास भारतको पन्जाबसँग जोडिएको पाइन्छ । मुगल साम्राज्यको समयमा तन्दुरी चिकेनलाई त्यहाँको मुख्य परिकारको रूपमा लिइने गरिन्थ्यो ।

सन् १९४७ तिर दक्षिणी पन्जाब दिल्लीसँग जोडिन आएपछि लगभग इन्डियाभर नै यसलाई मुख्य परिकारका रूपमा खान थालियो । अहिले दक्षिण एसियाभरि नै तन्दुरी चिकेन अधिकांशले प्रयोगमा ल्याउने खान्की भएको छ ।

बनाउने विधि
तन्दुरी चिकेन खानका लागि रेस्टुरेन्ट नै पुग्नुपर्छ भन्ने छैन । यसलाई चाहिने आवश्यक सामान तयार गरेर घरमै पनि बनाउन सकिन्छ ।

सामग्री
चिकेन लेग पिस ९एकजनालाई करिब ८ सय ग्राम०, सादा दही, सुन्तला, रेड कलर दुई चम्चा, नुन र पेपर, लेमन जुस, चाट मसला, बिरेनुन, अदुवा र लसुनको पेस्ट, धनियाँको पाउडर, खुर्सानीको पाउडर, जिराको पाउडर ।

विधि

चिकेन लेगलाई दुई पिसमा काटेर अदुवा र लसुनको पेस्ट, कागतीको रस आदि सबै मसाला राखी मेरिनेट गरी कम्तीमा ४५ मिनेट छाडिदिने । जुन समयमा चिकेनमा मसला राम्ररी छिर्न पाउँछ ।

त्यसपछि चिकेन तन्दुरी बनाउँदा ओभनमा राखेर पकाउने । जसमा करिबा ३ सय डिग्रीको तापक्रममा करिब २० देखि २५ मिनेट राख्ने । यदि ढावामा रहेको ओभनमा पकाउने हो भने करिब ५ देखि ७ मिनेटमा तयार हुन्छ ।

तन्दुरी चिकेन पुदिनाको अचारसँग खान सकिन्छ ।, हामीले उक्त सामाग्री नयाँ पत्रिका दैनिकवाट लिएका हौ ।