४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कलैया जिल्ला अस्पताल लथालिंग

कलैया जिल्ला अस्पताल लथालिंग
अ+ अ-

बारा । कलैया जिल्ला अस्पताल लथालिंग अवस्थामा पुगेको छ। दरबन्दीअनुसार डाक्टर नहुनु, बिरामीलाई निःशुल्क वितरण गर्नुपर्ने औषधि अभाव, ल्याब र फार्मेसी सधैं बन्द रहनुजस्ता कारणले अस्पतालको अवस्था लथालिंग बनेको हो। अस्पतालमा सात महिनादेखि प्रसूतिको शल्यक्रिया पनि बन्द अवस्थामा छ।

डाक्टर, ल्याब हेर्ने विशेषज्ञ र रेडियोग्राफर गरी ५९ जनाको दरबन्दी रहे पनि जम्मा १७ जना कार्यरत रहेको अस्पतालले जनाएको छ। अस्पतालमा बिहान १० देखि दिउँसो २ बजेसम्म मात्रै बिरामी जाँच्ने काम हुन्छ। २ बजेपछि चिकित्सक नभेटिने अस्पताल आएका सन्तोष साहले बताए। बिरामीको चाप बढे पनि अस्पतालले राम्रोसँग सेवा दिन नसेको उनको गुनासो छ।

अस्पतालमा ओपिडीमा दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामी आउँछन्। यस्तै आकस्मिक कक्षमा दैनिक ७० जनासम्म बिरामी आउने गरेका अस्पतालका डा। रविरोसन गुप्ताले बताए। बिरामीको चाप बढे पनि उनीहरुलाई सेवा दिन आवश्यक जनशक्तिका साथै आधुनिक मेसिन, औषधिको अभाव तथा रातको समयमा ल्याब सञ्चालन नहुनेजस्ता समस्या रहेको उनले सुनाए।
प्रसूतिको शल्यक्रिया बन्द हुँदा सर्वसाधारण महँगो खर्च गरेर जिल्लाबाहिर जान बाध्य भएका छन्। सात महिनादेखि प्रसूतिको शल्यक्रिया रोकिँदा निम्न आर्थिक अवस्था भएकाले निकै दुःख भोग्नुपरेको अस्पतालमा भेटिएका मोतीलाल प्रसादले बताए। ‘सुत्केरी व्यथा लागेका महिला दैनिक तीनदेखि चारजनाको संख्यामा अस्पताल आउने गरेका छन्,’ उनले भने, ‘डाक्टरहरुले अपरेसन सेवा बन्द भएको भन्दै बाहिर रेफर गर्छन्।’ सुत्केरी व्यथा लागेका महिलालाई वीरगन्जका निजी अस्पतालमा लैजाँदा ३० हजारभन्दा बढी खर्च हुन्छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। त्रिभुवनचन्द्र झाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत पाउने यातायात खर्च र शोधभर्ना रकम समेत प्रदेश सरकारले नपठाएको बताए। सेवा सञ्चालनका लागि जनशक्ति र रकम पठाउन सम्बन्धित निकायमा पटकपटक पत्राचार गरे पनि सुनुवाइ नभएको उनको भनाइ छ। अपरेसनका लागि आवश्यक जनशक्ति अभाव र जेनेरेटर बिग्रिएका कारण पनि सेवा दिन नसकेको उनले बताए।

अस्पतालमा ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहे पनि हाल सबै रिक्त छन्। संघीय सरकारले अधिकांश डाक्टरलाई केन्द्रमै राखेका कारण कलैया अस्पतालमा डाक्टर अभाव भएको झाले बताए। हाल भने यो अस्पताल प्रदेश सरकार मातहत छ। ‘तर प्रदेश सरकारले पनि सेवासुविधा व्यवस्थित गर्न चासो दिएन’, झाले भने। गत आर्थिक वर्ष २०७५÷७६ मा निःशुल्क वितरण गरिने औषधि किन्न अस्पताललाई एक रुपैयाँ पनि नआएको झाले बताए।

अस्पतालमा रहेका दुई एम्बुलेन्समध्ये एउटा पहिलादेखि नै बिग्रेको र अर्को त्यत्तिकै थन्किएको छ। एम्बुलेन्स चालक मुनिलालप्रसाद यादवले सर्भिसिङको रकम भुक्तानी नगरिँदा एक महिनादेखि एम्बुलेन्स थन्किन पुगेको बताए। एम्बुलेन्स सर्भिसिङको ५३ हजारको बिल आएको र त्यो रकम भुक्तानी गर्न अस्पताललाई भन्दा वास्ता नगरिएको उनले सुनाएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।