४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सामान्य विवादमा निर्घात कुटपिट

सामान्य विवादमा निर्घात कुटपिट
अ+ अ-

राजविराज । सामान्य विवादमा सप्तरीका एकजना निर्घात कुटिएका छन् । राजगढ गाउँपालिका ६ का ४१ वर्षीय महेश्वर साह आफ्नै छिमेकीबाट निर्घात कुटिएका हुन् । कुटपिटबाट गम्भीर घाइते उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

साउन ३२ मा विष्णुपुर गाउँपालिका ४ स्थित कनकट्टा नहरको डिल नजिक साहको दरबाजामा छिमेकी दर्पी भनिने अनिरुद्र साह, बालकृष्ण साह, वीरेन्द्र साह, मंगल साह, जगरनाथ साह, बैजनाथ साह, लालोदेवी साह र शिवनाथ साहले बाँसको भाटालगायतले कुटपिट गरेको महेश्वरका छोरा रमेशकुमार साहले बताए ।

महेश्वर र विपक्षी परिवारबीच वर्षौंदेखि मुद्दा चल्दै आएको छ । पछिल्लो समय कुटपिट गर्नेहरूको बाँस झाँगिएर महेश्वरको घरको छानामा परेपछि उनले विष्णुपुर गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिएका थिए । महेश्वरको निवेदनमा न्यायिक समितिले बाँस काट्नुपर्ने निर्णय गरेपछि साउन ३१ मा प्रहरी समेतको रोहबरमा बाँस काट्न लगाइएको थियो ।

बाँस काटिएपछि महेश्वरसित विपक्षीहरू चिढिएको महेश्वरका छोरा रमेशले बताए । ‘साउन ३२ मा बुवा आफ्नै दरबाजामा भएका बेला विपक्षीहरूले समूह बनाई बाँसको भाटा लगायतले निर्घात कुटपिट गरे,’ रमेशले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको जाहेरीमा छ ।

बाँसको भाटाबाट महेश्वरको दाहिने खुट्टा भाँचिएको छ भने आँखा, नाक र कानमा पनि गम्भीर चोट लागेको छ । घाइते भएपछि महेश्वरलाई उनकै परिवारका सदस्यहरूले उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुर्‍याएका थिए ।

राजविराजमा उपचार सम्भव नभएपछि विराटनगरको गोल्डेन अस्पताल लगिएकामा त्यहाँबाट पनि रेफर भई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइते महेश्वरका छोरा रमेशले जिल्ला प्रहरी कार्यालय सप्तरीमा कुटपिट गरी अंगभंग गरेको कसुरमा ८ जना विरुद्ध जाहेरी दिएका छन् । रमेशले विष्णुपुर गाउँपालिका ४ कनकट्टाका आठ जनाविरुद्ध जाहेरी दिएका छन् ।

प्रहरीले विपक्षीमध्ये अनिरुद्र साहलाई नियन्त्रणमा लिएको र अंगभंग मुद्दामा म्याद थप गरेको जनाएको छ । अन्य प्रतिवादीहरूको खोजी कार्य भइरहेको प्रहरीले बतायो । रमेशले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १४ को दफा १९२ को उपदफा २ को क, ख, ग, छ र ज नम्बरबमोजिमको कसुर गरेकाले मुलुकी अपराध संहिताको दफा १९२ को उपदफा ४ बमोजिम सजाय, उपचार खर्च र क्षतिपूर्ति माग दाबी गरेका छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।