४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विद्युत पोल नसार्दा सडक अलपत्र

विद्युत पोल नसार्दा सडक अलपत्र
अ+ अ-

बुटवल । बिजुलीका पोल नसार्दा बेलवास–बेथरी सडक निर्माण अलपत्र परेको छ । चालु आर्थिक वर्षमा पूरा गर्ने लक्ष्यसहित तीन वर्षअघि निर्माण सुरु भएको थियो । २१ किलोमिटर दूरीको सडकको दोहोरो भागमा १ सय ७७ वटा पोल छन् । नयाँ मापदण्डअनुसारका पोल बनाउन विद्युत् कार्यालयले सिफारिस गरेको छ ।

त्यसअनुसार अब २ सय २३ नयाँ पोल गाड्नुपर्छ । यस क्षेत्रका अन्य सडकमा रकम दिएपछि विद्युत् कार्यालय आफैंले पोल व्यवस्थापन गरिदिन्छ । यो सडकमा भने विद्युत्ले पोल सारिदिन नसक्ने बताएको छ । पोल सार्ने अन्योलले सडक निर्माण नै अलपत्र परेको छ । डिभिजन सडक कार्यालय बुटवलले निर्माणको जिम्मा लिएको मार्ग अहिले प्रदेश मातहत आएको छ ।

सडक निर्माणमा चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ विनियोजन भएको छ । पर्यटन मार्ग हेर्ने जिम्मा पाएको प्रदेशको शिवपुर डिभिजन कार्यालयका इन्जिनियर गिरीशनन्दन पोरसले विद्युत् व्यवस्थापनको कुरा टुंगो नलाग्दा निर्माण सुरु नभएको बताए ।

अहिले सडकमा सात मिटरका पोल छन् । नियमतः ११ हजार भोल्टमा ११ मिटरको विद्युत् पोल राख्नुपर्छ । चार सय भोल्टमा आठ वा नौ मिटरको पोल चाहिन्छ । विद्युत् वितरण केन्द्र बुटवलले नयाँ सडक बनाउँदा सबै पोल ११ मिटरका राख्न सिफारिस गरेको छ ।

सडकले भने चलनचल्तीको कामचलाउ पोलको प्रस्ताव गरेको छ । निर्माण सुरु हुँदा नै विद्युत्ले त्यस मापदण्डअनुसारको इस्टिमेटसमेत पठाएको थियो । कार्यालय प्रमुख सञ्जयकुमार मिश्रले सडकले विद्युत् कार्यालयको मुख ताक्दा समस्या भएको बताए । ‘अहिले त्यहाँ भएका धेरै पोल जीर्ण छन् । मापदण्डअनुसारका पनि छैनन्,’ उनले भने, ‘तिनलाई सडकले मापदण्ड पुर्‍याएर व्यवस्थापन गर्नुपर्छ ।’

यस आयोजनामा विद्युत्, पानी, टेलिफोन, क्षतिपूर्तिलगायतमा १ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको छ । विद्युत् कार्यालयले सिफारिस गरेका पोल बनाउँदा र सार्दा अनुमानित खर्चमा दोब्बर बढ्छ । अर्थात् विद्युत्मा मात्रै १ करोड ८२ लाख रुपैयाँ खर्च हुन्छ । रकम धेरै लाग्ने र आफैंले विद्युत् व्यवस्थापन गर्नुपर्ने भएकाले जटिलता थपिएको इन्जिनियर पोरसले बताए ।

सडकमा खानेपानी र कुलो व्यवस्थापन अर्को समस्या छ । खानेपानीका लागि बुटवल उपमहानगरपालिका र उपभोक्तालाई जिम्मा दिएर व्यवस्थापनको प्रयास थालिएको छ । कुलो व्यवस्थापन गर्न चालु आर्थिक वर्षमा मात्रै प्रदेश सरकारले एक करोड रकम विनियोजन गरेको छ । तर विद्युत् व्यवस्थापनका लागि लाग्ने रकम र कामको टुंगो अझै लागेको छैन ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।