४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चिनियाँ कम्पनी सिनो हाइड्रोले पायो मेलम्चीको ठेक्का

चिनियाँ कम्पनी सिनो हाइड्रोले पायो मेलम्चीको ठेक्का
अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ । मेलम्चीमा बाँकी रहेको हेडबक्स र सुरुङ फिनिसिङको दुईवटा काम गर्न सिनो हाइड्रो र नेपाली कम्पनी हाइहिमालय रमन जेभीले प्रस्ताव हालेका थिए । मेलम्ची विकास समितिले दुवै कामको जिम्मा सिनो हाइड्रोलाई दिएको हो ।

सिनो हाइड्रोलाई सम्झौताका लागि २८ दिनभित्र आउन समितिले मंगलबार नै पत्र लेख्ने तयारी पनि गरेको छ । ‘सिनो हाइड्रोलाई हेडबक्स र सुरुङ फिनिसिङ दुवै कामको जिम्मा दिने निश्चित भएको छ,’ समितिका एक अधिकारीले भने, ‘आज नै हामी सम्झौता गर्न आउन कम्पनीलाई पत्र लेख्दै छौँ ।’

समितिले दुवै कम्पनीको फाइल मूल्यांकन गरेर आयोजनाको लगानीकर्ता एसियाली विकास बैंक ९एडिबी०लाई पठाएको थियो । एडिबीले पुनर्मूल्यांकन गरेर दुवै कम्पनीको फाइल समितिलाई फिर्ता पठाएपछि सिनो हाइड्रोको अनुभव र उसले गरेको प्रस्तावको हेरेर ठेक्का दिइएको समिति स्रोतले बतायो । दुवै कामको जिम्मा पाउने भएपछि सिनो हाइड्रोले आयोजनास्थलको अवलोकनसमेत गरिसकेको स्रोतको भनाइ छ ।

हेडबक्सका लागि एक अर्ब २४ करोड रुपैयाँको टेन्डर आह्वान गरिएको थियो । यसका लागि सिनो हाइड्रोले करिब २८ प्रतिशत घटेर प्रस्ताव हालेको थियो । यस्तै, सुरुङ फिनिसिङका लागि ९५ करोड रुपैयाँको टेन्डर आह्वान गरेकोमा कम्पनीले करिब १५ प्रतिशत घटेर प्रस्ताव हालेको थियो । हेडबक्सको काम १५ महिना र सुरुङ फिनिसिङको काम १२ महिनामा सक्ने गरी टेन्डर आह्वान छ । इटालियन कम्पनी सिएमसी दी राभेनाले काम छोडेर गएपछि गत जेठमा मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानुनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो ।

सिनो हाइड्रोले नेपालमा माथिल्लो तामाकोसीमा काम गरिसकेको छ भने तनहुँ जलविद्युत् आयोजनाको कामसमेत पाएको छ । यो कम्पनीले २०७० मा खुलाइएको मेलम्चीको ठेक्कामा पनि प्रतिस्पर्धा गरेको थियो । तर, ०७१ मा सिनो हाइड्रोलाई उछिन्दै सिएमसीले ठेक्का पाएको थियो ।

गत २९ मंसिरमा सिएमसीले आफू आर्थिक रूपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी रूपमा काम छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो । २४ माघमा समितिले सिएसमीसँगको ठेक्का तोडेको थियो । त्यसयता आयोजनाका काम ठप्प छन् । मुख्य दुई प्याकेजको ठेक्का सिनो हाइड्रोले पाएसँगै अब उसले साना आठ प्याकेजमा भने सिएमसीसँगै काम गरेका भेन्डर तथा कम्पनीसँग मिलेर काम गर्नुपर्ने समितिको भनाइ छ । सुरुङमार्गको ठेक्का पाउने कम्पनीले सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ, अडिट सुरुङको लाइनिङलगायत काम गर्नुपर्नेछ । त्यसका लागि भेन्टिलेसन बनाउने काम गरिरहेका, पाइप आपूर्ति र जडानको काम गरिरहेका ठेकेदारसँग समन्वय गर्नुपर्ने आयोजनाले जनाएको छ ।

खानेपानी मन्त्रालयले आयोजनाका सम्बन्धमा आवश्यक सुझाब र परामर्श दिन पूर्वसचिवहरू सम्मिलित विज्ञ समूह गठन गरेको छ । मन्त्रालयले खानेपानी क्षेत्रसँग सम्बन्धित विज्ञता हासिल गरेका पूर्वसचिवहरूको पाँच सदस्यीय समूह गठन गरेको हो । समूहमा वीरेन्द्रबहादुर देउजा, हरेराम कोइराला, सुमनप्रसाद शर्मा, भीम उपाध्याय र दीपेन्द्रनाथ शर्मा रहेको मन्त्रालयका प्रवक्ता तिरेसकुमार शाक्यले जानकारी दिए । उनका अनुसार मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्या समाधान गर्न र आयोजनालाई द्रुत गतिमा अघि बढाउन समूहले आवश्यक परामर्श दिनेछ ।

एक महिनाभित्रै काम सुरु हुने १० महिनामा सक्ने लक्ष्य
एक महिनाभित्र सबै प्रक्रिया पूरा गरेर काम अघि बढाइने मेलम्ची विकास समितिको भनाइ छ । ‘एक महिनाभित्र सम्झौतासँगै कामसमेत सुरु गर्ने हाम्रो तयारी छ । कम्पनी पनि यसमा सहमत छ,’ समितिका एक अधिकारीले भने । बाँकी काम सक्ने म्याद १५ महिना राखेर ठेक्का लगाइएको छ । यो ठेक्काअनुसार चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने सरकारको घोषणा पूरा नहुने देखिन्छ । यद्यपि, आयोजना प्रमुख सूर्यराज कँडेल भने १० महिनामा काम सक्ने दाबी गर्छन् । ‘यदि कुनै अवरोध आएन भने १० महिनामै काम सक्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्छ ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।