४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लामिछानेसहित तीन जनालाई जिल्ला अदालत चितवनमा पेश, बयान जारी

लामिछानेसहित तीन जनालाई जिल्ला अदालत चितवनमा पेश, बयान जारी
अ+ अ-

चितवन । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज (मंगलबार) जिल्ला अदालत चितवनमा पेश गरिएको छ । लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की अहिले चितवन प्रहरीको हिरासतमा रहेका छन् । चितवनको सुरक्षा व्यवस्था भने कडा पारिएको छ ।

लामिछानेका समर्थकहरुको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा व्यवस्थालाई कडा पारेको छ । जिल्ला प्रहरी कार्यालयमा रहेका उनीहरुलाई थप अनुसन्धानका लागि म्याद थप गर्ने गरी अदालत लगिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

यसअघि हिजोदेखि नै लागू हुने गरि जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरिसकेको छ । अदालतले थपेको पाँच दिनको हिजो अन्तिम दिन भएकाले तीनै जनाको बयान लिइएको हो ।

यता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले रबि लामिछानेको समर्थनमा भईरहेको प्रर्दशनमा नजान आफना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।