२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट

भाइरसले एशियाली खाद्य सुरक्षालाई असर गरिरहेको छ– एफएओ

भाइरसले एशियाली खाद्य सुरक्षालाई असर गरिरहेको छ– एफएओ
अ अ+ अ-

बैंकक । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले लामो समयदेखि फैलिएको महामारी र बढ्दो मूल्यवृद्धिले एशियाका लाखौँ मानिसका लागि खाद्य सुरक्षालाई असर गरिरहेको र एक अर्ब ८० करोड मानिससँग स्वस्थ आहार नभएको बुधबार सार्वजनिक एक प्रतिवेदनमा जनाएको छ । 

प्रतिवेदनमा भनिएको छ, ‘सन् २०२० मा भोजनमा मानिसको पहुँच खस्कियो र यो वर्ष अझ खराब भएको छ किनकी सरकारहरुले यात्रा र अन्य गतिविधिहरुमा प्रतिबन्ध लगाएर महामारीलाई टाढा राख्ने प्रयास गरे ।’ भोकमरी रोक्ने दिशामा प्रगतिका साथ एफएओले खाद्य सुरक्षामा सुधार गर्न व्यापक उपायहरुका लागि आग्रह गरिरहेको छ । 

एफएओको एशिया र प्रशान्त क्षेत्रीय कार्यालयका वरिष्ठ अर्थशास्त्री डेभिड डोभले सङ्गठनको खाद्य मूल्य सूचकाङ्क गत वर्षको तुलनामा करिब एक तिहाइले बढेको बताउनुभयो । स्वास्थ्यका लागि महत्वपूर्ण वनस्पति तेलको मूल्य ७४ प्रतिशतले बढेको छ ।

उहाँले भन्नुभयो, ‘विश्वव्यापी वस्तुको मूल्यले उपभोक्ताहरुका लागि लागतलाई असर गर्छ, आफ्नो आम्दानीको ठूलो हिस्सा खानामा खर्च गर्ने र कोभिड–१९ को प्रभावबाट पार पाउन सङ्घर्ष गरिरहेका गरिबहरुका लागि यो अर्को झट्का हो ।’ उहाँका अनुसार महामारीको प्रारम्भिक प्रभाव, इन्धन र मलको मूल्य बढ्दै गएपछि खाद्य उत्पादकहरुले पनि हालैका चुनौतीहरुको सामना गर्नुपरेको छ । 

एफएओको प्रतिवेदनअनुसार दक्षिण एशियामा करिब १६ प्रतिशत मानिस कुपोषणको शिकार भएका छन् र यस क्षेत्रमा कुपोषण एक दशकमा आफ्नो सबैभन्दा उच्चस्तर ८.७ प्रतिशतमा रहेको छ । पर्याप्त खानाको पहुँच उत्तर कोरियामा सबैभन्दा खराब छ । त्यहाँका ४० प्रतिशतभन्दा बढी मानिस कुपोषित छन्। तर अफगानिस्तान, पपुवा न्युगिनी र पूर्वी टिमोरमा पनि भोकमरी एउटा महत्वपूर्ण समस्या भएको छ ।

सन् २००० को तुलनामा यस क्षेत्रको अवस्था अझै पनि राम्रो छ तर हालैका वर्षहरूमा प्रगति सुस्त र केही अवस्थामा उल्टो भएको छ। यस क्षेत्रका १० देशमा २० देखि ३० प्रतिशतभन्दा बढी पाँच वर्षमुनिका बालबालिकाको उचाइ बढिरहेको छैन। लामो समयसम्म रहने यस्तो अभावले डरलाग्दो परिणामहरू निम्त्याउँछ किनकि बालबालिकाको स्वास्थ्यमा असर पर्छ र उनीहरू आफ्नो पूर्ण क्षमता हासिल गर्न असफल हुन्छन्।