९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण

चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
अ अ+ अ-

महेन्द्रनगर। कञ्चनपुरका स्थानीय पालिकाहरूले विपद्का बेला उद्धार तथा सम्भावित क्षति न्यूनीकरणका लागि सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरणलाई प्राथमिकता दिएका छन् ।

शुक्रबार कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकाले पनि सशस्त्र प्रहरी बल नंं ३५ शैलेश्वरी गणलाई रवर बोट, लाइफ ज्याकेट पाँच थान, १० थान हेलमेटलगायतका विपद् सामग्री हस्तान्तरण गरेको छ ।

भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले विपद् कार्यमा सहजताका लागि सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति प्रेमप्रकाश सिग्देलले पालिकाहरूले उपलब्ध गराएको विपद् सामग्री उद्धार, खोज तथा विपद् क्षति न्यूनीकरणका लागि सहज हुने बताउनुभयो ।

“विपद् हुने सम्भावित क्षेत्रको पहिचान गरी सोहीअनुसार सम्भावित विपद्सित जुध्न सशस्त्र प्रहरी बलले आवश्यक तयारी गरेको छ”, गणपति सिग्देलले भन्नुभयो, “यहाँ बर्खाका बेला बढीजसो डुबान र कटानको समस्या हुने गरेकाले सोही अनुरुप विपद्का लागि सशस्त्रको छुट्टै टोली तयारी अवस्थामा राखिएको छ ।”

यसअघि बिहीबार यहाँको दोधारा चादँनी नगरपालिकाले पनि सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म देवीस्थानको टोली रबर बोट सेट, लाइफ ज्याकेटलगायतका सामग्री हस्तान्तरण गरेको थियो ।

शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले कञ्चनपुरमा सम्भावित विपद्लाई मध्यनजर गर्दै विपद् व्यवस्थापन तालिमप्राप्त टिम परिचालन गरिएको बताउनुयभो ।

“गण, गुल्म र बिओपीहरूमा विपद् तालिमप्राप्त जनशक्ति तत्काल परिचालन हुनसक्ने गरी राखिएको छ”, उहाँले भन्नुभयो, “पालिकाहरूले विपद् सामग्री उपलब्ध गराउँदा हामीलाई विपद्का बेला खटिन निकै सहजता मिल्ने भयो ।”

नौवटा पालिका रहेको कञ्चनपुरमा एक साताअघि बेलौरी नगरपालिकाले पनि सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री हस्तान्तरण गरेको थियो ।

यहाँ भीमदत्त, दोधारा चादँनी, बेलौरी, पुनर्वास, लालझाडी गाउँपालिका वर्षातका बेला आउने बाढीबाट बढी प्रताडित हुने गरेका छन् । यहाँ महाकाली नदी, चौधर नदी, दोदा नदी तथा विभिन्न खोला तथा खहरे खोलामा जलस्तर बढ्दा डुबानको समस्या हुने गरेको छ । रासस