१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

देशभर मनसुनी गतिविधि सक्रिय

देशभर मनसुनी गतिविधि सक्रिय
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। आगामी साताभरि देशभर मनसुनी वायुको प्रभाव कायम रहनुका साथै साताको मध्यतिर देशका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागकी मौसमविद् विनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदर स्थानभन्दा माथि रहनेछ भने पूर्वी भूभागमा साताको मध्यदेखि सरदर स्थानभन्दा केही माथि सर्दै तराई नजिक रहने अनुमान छ । यसका कारण साताभरि देशभर वर्षाको गतिविधि सक्रिय रहने उहाँले बताउनुभयो ।

उहाँका अनुसार हिमाली क्षेत्रमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साताको सुरु र मध्यमा मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ ।

साताको सुरु र अन्त्यमा एकदुई स्थान तथा मध्यतिर केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको मौसमविद् महर्जनले जानकारी दिनुभयो । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि मध्यम वर्षा तथा साताको मध्यमा एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी, पहाडी क्षेत्रमा भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साताभर मध्यम वर्षा हुने अनुमान गरिएको जनाइएको छ । साताको सुरु र अन्त्यमा केही स्थानमा भारी वर्षा तथा मध्यतिर केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि साताको मध्यमा वर्षाको गतिविधि अझ सक्रिय हुने र केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

तराई क्षेत्रमा पनि साताभर वर्षा जारी रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा साताको सुरु र मध्यमा भारी वर्षा तथा मध्यतिर केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साताको सुरुमा एकदुई स्थान तथा मध्यतिर केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले साताको मध्यतिर वर्षा तीव्र हुने पूर्वानुमान रहेकाले नदीनाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र तथा सहरी डुबान हुने स्थानका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । रासस