८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित

दाङमा ७७ प्रतिशत रोपाइँ

दाङमा ७७ प्रतिशत रोपाइँ
फाइल फोटो
अ+ अ-

दाङ। दाङमा साउनको पहिलो दिनसम्म ७७ प्रतिशत रोपाइँ भएको छ ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत आशा भण्डारीका अनुसार देउखुरी क्षेत्रमा अधिकांश खेतमा रोपाइँ भइसकेको छ ।

तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दङ्गीशरण, शान्तिनगर र बबईलगायत पालिकामा रोपाइँ जारी रहेको उहाँले जानकारी दिनुभयो । देउखुरी उपत्यकामा पर्ने लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा सिँचाइ सुविधा पुगेकाले ९८ प्रतिशत धान रोपाइँ भइसकेको  कार्यालयले जनाएको छ ।

दाङ उपत्यकामा भने हालसम्म ६० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि प्रसार अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार सिँचाइ सुविधा पुगेको देउखुरीका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भए पनि आकाशे पानीको भरमा खेती हुने स्थानमा अझै रोपाइँ हुन बाँकी छ ।

लामो समय पानी नपरेर सुक्खा भएकाले जिल्लामा सञ्चालनमा आएका जलाशयबाट लिफ्टिङमार्फत पानी प्रयोग गरी समयमा ब्याड राखे पनि रोपाइँ गर्ने प्रयाप्त पानी नपुगेपछि ढिला भएको उहाँको भनाइ छ । केही दिनयतादेखि जिल्लामा लगातार भइरहेको वर्षाका कारण अहिले धमाधम रोपाइँ भइरहेको छ ।

वरिष्ठ कृषि प्रसार अधिकृत भण्डारीका अनुसार जिल्लामा कूल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३७ हजार २२५ हेक्टर क्षेत्रमा धानखेती हुने गरेको छ । जसमा सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा आठ हजार ९७ हेक्टरमा धानखेती हुने गरेको जनाउँदै सबैभन्दा कम बङ्गलाचुली गाउँपालिकामा एक हजार १४३ हेक्टर क्षेत्रमा धानखेती हुने गरेको उल्लेख गर्नुभयो ।

यसवर्ष धानखेतीमा आयातित हाइब्रिड बीउको प्रयोग बढी देखिएको छ । पछिल्ला केही वर्षयता किसानले उन्नत तथा स्थानीय जातका धानखेती गर्नसमेत थालेका छन् । केन्द्रका अनुसार यहाँका किसानले सावित्री, मनसुली, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायत वर्णशङ्कर जातका धान लगाएका छन् ।

कम पानी हुने ठाउँमा सुक्खा-१, सुक्खा-२, सुख्खा-३ जातका धानखेती गरेका छन् । स्थानीय जातमध्ये तिल्की र सिम्ठारो धान केही किसानले खेती गरिरहेका छन् । गतवर्ष दाङमा ३५ हजार ३२८ हेक्टर जमिनमा एक लाख ४४ हजार २६४ मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ । रासस