१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

नेपाली क्रिएटरहरूको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच संस्थागत सहकार्य

नेपाली क्रिएटरहरूको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच संस्थागत सहकार्य
अ अ+ अ-

काठमाडौँ: हाम्रो पात्रो अन्तर्गत सञ्चालित डिजिटल वालेट हाम्रो पे र ग्लोबल क्रिएटर मार्केटिङ प्लेटफर्म भिल (Veel) बीच संस्थागत सहकार्य भएको छ। नेपाल र भारतमा औपचारिक रूपमा सेवा सुरु गरेको भिलले नेपालमा आफ्ना क्रिएटरहरूलाई भुक्तानी उपलब्ध गराउन हाम्रो पेलाई आधिकारिक पेमेन्ट पार्टनरका रूपमा चयन गरेको हो।

यस सहकार्यसँगै भिल प्लेटफर्ममा आबद्ध नेपाली डिजिटल क्रिएटरहरूले आफ्नो व्यावसायिक कमाइ सुरक्षित, छिटो र सहज रूपमा हाम्रो पेमार्फत प्राप्त गर्न सक्नेछन्। यसले क्रिएटरहरूलाई भुक्तानी प्राप्त गर्ने क्रममा देखिने अनावश्यक झन्झट, लामो प्रक्रिया र प्राविधिक कठिनाइ कम गर्दै सरल डिजिटल अनुभव प्रदान गर्नेछ।

नेपालमा डिजिटल कन्टेन्ट निर्माण, ब्रान्ड सहकार्य र इन्फ्लुएन्सर मार्केटिङको क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको छ। तर धेरै क्रिएटरका लागि आफ्नो कामको भुक्तानी समयमै, सुरक्षित र भरपर्दो रूपमा प्राप्त गर्नु अझै चुनौतीपूर्ण छ। हाम्रो पे र भिलबीचको संस्थागत सहकार्यले यही चुनौतीलाई सम्बोधन गर्दै नेपाली क्रिएटरहरूलाई आफ्नो काम र आम्दानी थप व्यवस्थित रूपमा अगाडि बढाउन सहयोग गर्ने उद्देश्य राखेको छ।

यस सहकार्यका विषयमा हाम्रो पात्रोकी  अपरेसन्स डाइरेक्टर सुदिना गौतमले भन्नुभयो: “नेपालमा क्रिएटर इकोनोमी तीव्र रूपमा विस्तार भइरहेको छ। आफ्नो प्रतिभा, सिर्जनशीलता र मेहनतबाट आम्दानी गरिरहेका नेपाली क्रिएटरहरूलाई सुरक्षित, छिटो र सहज भुक्तानी सेवा उपलब्ध गराउनु हाम्रो लागि महत्त्वपूर्ण छ। भिलसँगको यो संस्थागत सहकार्यले क्रिएटरहरूलाई आफ्नो कमाइ प्राप्त गर्ने प्रक्रिया सरल बनाउनुका साथै नेपालको डिजिटल व्यवसाय र क्रिएटर इकोनोमीलाई थप व्यवस्थित, समावेशी र पहुँचयोग्य बनाउन सहयोग गर्नेछ।”