४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कृषि विकास बैंकको नाफा रु ५७ करोड

कृषि विकास बैंकको नाफा रु ५७ करोड
अ+ अ-

विराटनगर । कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा कूल रु ५७ करोड ५२ लाख १२ हजार नाफा आर्जन गरेको छ । बैंकले रु १४ अर्ब ७५ करोड ९२ लाख लगानी गर्ने लक्ष्य लिएकोमा उक्त अवधिमा रु १४ अर्ब ५२ करोड ३१ लाख लगानी गरी ९८ प्रतिशत प्रगति हासिल गरेको बैंकले जनाएको छ ।

अघिल्लो आवमा बैंकले रु १२ अर्ब ८९ करोड ९४ लाख ४७ हजार लगानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष रु एक अर्ब ६२ करोड ३६ लाख ६५ हजारभन्दा बढी रकम लगानी गरेको बैंकका सूचना अधिकारी जीवन घिमिरेले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा रु आठ अर्ब ४३ करोड ३४ लाख निक्षेप सङ्कल गर्ने लक्ष्य लिएको बैंकले सो अवधिमा रु सात अर्ब ४२ करोड ९६ लाख निक्षेप सङ्कलन गरी ८८ प्रतिशत प्रगति हासिल गरेको छ ।

यो लक्ष्यको तुलनामा रु एक अर्ब तीन करोड ३८ लाख कमी हो । बैंकले गरेको लगानीमा शङ्कास्पद नेक्सानी व्यवस्थामा रु ३३ करोड ४९ लाख ८२ हजार रकम राखेको छ । बैंकले गत आर्थिक वर्ष कृषि कर्जातर्फ इलाममा रु चार अर्ब ३५ करोड ६५ लाख, झापामा रु आठ अर्ब ६५ लाख ८५ करोड, धनुकटा र तेह्रथुममा रु एक अर्ब ८९ करोड, सुनसरीमा रु एक अर्ब २० करोड र मोरङमा रु एक अर्ब २७ करोड लगानी गरेको छ ।

त्यस्तै उद्योगतर्फ इलाममा रु एक करोड १७ लाख, झापामा रु सात करोड ७७ लाख, धनकुटा र तेह्रथुममा रु ७१ लाख, सुनसरीमा रु सात करोड ९३ लाख र मोरङमा रु दुई करोड ६० लाख लगानी गरेको सो बैंकले जनाएको छ । कूल एक लाख ४६ हजार ४३० सेवाग्राही रहेको बैंकमा ५४ हजार १६७ जना सक्रिय छन् । मेची र कोशी अञ्चल कार्यक्षेत्र रहेको बैंकमा ३३ वटा शाखा, एक क्षेत्रीय कार्यालय र मोरङमा एक तालीम केन्द्र छन् ।

बैंकले खानी, कृषि, उद्योग, होटेल तथा पर्यटन, निर्माणसम्बन्धी, घरायसी कर्जा, आयात–निर्यात कर्जा, जलविद्युत्, चिया र अलैँची, नगदेबाली जस्ता क्षेत्रमा लगानी गर्नुका अतिरिक्त सरकारको अनुदानको काम, सरकारी कारोवार, स्थानीय निकायको खाता, सामाजिक सुरक्षा भत्ता वितरण, वन र विद्यालयमा संस्थागत उत्तरदायी निर्वाह गर्दै विदेशी मुद्रा खरीद– बिक्री गर्ने गर्दछन् ।