४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ओलीको ‘प्रयोग’ राजनीति

ओलीको ‘प्रयोग’ राजनीति
अ+ अ-

काठमाडौं। नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रयोगको राजनीतिलाई उपयोग गरेको बताउनुभएको छ।
नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘सुरुमा माधव नेपाललाई उपयोग गर्नु भो, अहिले झलनाथ खनाललाई, अध्यक्षले खेल राजनीति गर्नुभो।’
नेता भुसालले भनेजस्तै यो उपयोगको राजनीतिसँगै नेपाल कम्युनिष्ट पार्टीमा विवादहरू पनि नयाँ ढंगले सिर्जना भएका छन्।
मिलेको पन्ध्र महिनापछि स्थायी, प्रदेश र जिल्लाका इन्चार्ज÷सह–इन्चार्ज, विभागका प्रमुख÷उपप्रमुख र जनवर्गीय संगठनका इन्चार्ज÷सह–इन्चार्जहरूको टुंगो लगाएको सचिवालयले वरिष्ठताको निर्णय उल्टयाएपछि यस्तो विवाद सुरु भएको हो।
एकीकरणपूर्व झलनाथ खनाल वरिष्ठ नेता रहनुभएको थियो। तर एकीकरण घोषणाका क्रममा माधवकुमार नेपाललाई पहिलो वरिष्ठ नेता बनाइयो। उक्त निर्णयप्रति असहमति जनाउँदै खनालले निर्णय सच्याउन सचिवालय बैठकमा लिखित प्रस्ताव नै दर्ता गराउनुभएको थियो। पन्ध्र महिनासम्म गुपचुप रहेको उक्त प्रस्ताव उप्काउँदै केही दिन अघिमात्र सम्पन्न सचिवालय बैठकले खनाललाई नै पुनःवरिष्ठ नेता बनाउने निर्णय गरेपछि नयाँ तरङग आएको हो।
यद्यपि सचिवालयको उक्त निर्णयप्रति वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाउनुभएको छ। तत्कालीन एमालेको विधानमा अध्यक्षमा निर्वाचित भएपछि निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने प्रावधान रहेको थियो। सोही नियममा टेकेर खनालले पहिलो नम्बरको वरिष्ठता दावी गर्नुभएको थियो। जुन माग सचिवालय बैठकले पूरा गरिदिएको छ। सचिवालय बैठकमा नेता नेपालले वरिष्ठताको टुंगो लगाउँदा कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिका र पदीय जिम्मेवारीको ऐतिहासिक पक्षलाई केलाउनुपर्ने माग राखे पनि त्यसमाथि सुनुवाई हुनसकेन।
खनाल–नेपालको राजनीतिक यात्रा
पञ्चायतकालमा नै झापा आन्दोलनको एउटा समूह र को–अर्डिनेसन केन्द्र समूहबीच एकीकरण भई नेकपा माले गठन हुँदा नेपाल पोलिटब्युरो सदस्यमा चयन हुनुभएका खनाल केन्द्रीय सदस्यमामात्रै सीमित हुनुभएको थियो। तर को–अर्डिनेशनको नेतृत्व गर्दै आएका महासचिव सीपी मैनाली कारवाहीमा परेपछि २०३९ सालमा खनाललाई मालेको महासचिव बन्ने अवसर आएको थियो। नेता नेपाल भने पोलिटव्यूरोमा हुनुहुन्थ्यो।
चौथों महाधिवेसनसम्म खनालले पार्टी नेतृत्व गर्नुभयो। २०४८ मा पाँचौ महाधिवेसनवाट मदन भण्डारी नेकपा एमालेको महासचिव चयन हुँदा नेपाल स्थायी कमिटी सदस्यमा बढुवा हुनुभयो भने खनाल केन्द्रीय सदस्यमा झर्नुभएको थियो। २०५० मा भण्डारी र जीवराज आश्रितको दासढुंगामा निधन भएपछि नेपाल नेकपा एमालेको महासचिव हुनुभयो।

नेपाल महासचिव हुँदा केन्द्रीय सदस्यमा सीमित हुनुभएका खनाललाई दुई रित्त स्थायी समितिको सदस्य बनाइएको थियो। नेता नेपालले झन्डै १४ बर्षसम्म एमालेको महासचिव भई नेतृत्व गरिरहँदा खनाल स्थायी समिति सदस्यमा रहनुभएको थियो। ०६४ को पहिलो संविधानसभा निर्वाचनमा एमालेले लज्जा जनकहर ब्यहोर्नु परेपछि महासचिव नेपालले नैतिकताका आधारमा राजीनामा दिनुभयो र कार्यबाहक महासचिव खनाल चयन हुनुभयो।
२०६५ मा वुटबलमा भएको आठौं महाधिवेशनबाट ओलीलाई हराउँदै खनाल अध्यक्षमा निर्वाचित भएपछि नेता नेपाल पार्टी विधानअनुसार वरिष्ठ नेता बन्नुभो।
कटवाल प्रकरणमा प्रचण्डले राजीनामा दिएपछि कांग्रेसको समर्थनमा नेपाल प्रधानमन्त्रीमा हुँदा खनाल नै पार्टी अध्यक्ष हुनुहुन्थ्यो। लगत्तै नेता नेपालले राजीनामा दिएपछि तत्कालीन माओवादीको समर्थनमा खनाल प्रधानमन्त्रीमा चयन हुनुभएको थियो। नवौं महाधिवेसनबाट नेपाललाई पराजित गर्दै ओली पार्टी अध्यक्ष बन्नुभयो।
तत्कालीन नेकपा एमालेको विधानअनुसार स्वतः निवर्तमान अध्यक्ष दोस्रो वरियताक्रममा रहने भएकाले खनाल दोस्रो वरियताक्रममा रहनुभयो भने नेपाल तेस्रो वरियताक्रमको जिम्मेवारीमा रहनुभएको थियो। एमाले र माओवादीबीचमा २०७५ जेठ ३ गते पार्टी एकता हुँदा पार्टी अध्यक्षद्धय ओली र खनालपछि नेपाल तेस्रो वरियतामा रहनुभयो। जिम्मेवारीको हिसाबले खनालले माधव नेपाललाई एकपटकमात्रै उछिन्न सफल हुनुभएको छ भने अन्य जिम्मेवारीमा खनालभन्दा नेपाल नै अगाडि देखिनुहुन्छ। खनालभन्दा पहिला नेपाल पोलिटब्युरो, स्थायी समिति सदस्य, प्रधानमन्त्री रहनुुभएको थियो।
नेकपाका नेता राजेन्द्र्र पाण्डेले तत्कालिन एमालेमा वरिष्ठताको अभ्यास खनालले नै सुरु गर्नुभएको उल्लेख गर्दै विधि र पद्दतीलाई आत्मसाथ गरेर एकता घोषणा गर्दा नै खनाललाई वरिष्ठ नेता घोषणा गर्नुपर्ने बताउदै उहाँले भन्नुभयो,‘पार्टी एकीकरण गर्दा त्रुटी भएको थियो, अहिले सचिवालयले सच्याएको छ, यो राम्रो छ।’
त्यतिबेला नै विगतको मान्यातलाई आत्मसाथ गरेको भए अहिले वरिष्ठताको विषय नै नआउने उल्लेख गर्दै सिस्टम भत्काउन नहुने बताउनुभयो। पाण्डेले भन्नुभयो,‘एकता घोषणा गर्दा सिस्टम भत्काइयो, त्यतिबेला नेपाललाई पनि सुहाउने विषय होइन।’
पार्टीमा आफ्नो पक्षमा बहुमत बनाउने अध्यक्ष ओलीको नीति सफल भएपछि पन्ध्र महिनाअघि गरेको निर्णय उल्टाएर निर्णय गरिएको छ। एकीकरणको सुरुवाती चरणमा ओली र वरिष्ठ नेता नेपालको निकै राम्रो सम्बन्ध रहेको थियो।
सांगठानिक एकीकरणको प्रक्रियामा मतभेद भएपनि ओलीले नेपाललाई पुनः आफ्नो अनुकुलतामा प्रयोग गर्दै आउनुभएको थियो। अन्ततः पार्टीको सचिवालयको समिकरणमा आफ्नो बलियो पकड भएपछि अध्यक्ष ओलीले पहिलो वरिष्ठ नेतामा खनाललाई ल्याएर नेपाललाई चौथो वरियतामा पुर्याउनुभएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।