४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भारत-पाकिस्तानलाई नेपालीको दबाब

भारत-पाकिस्तानलाई नेपालीको दबाब
अ+ अ-

काठमाडौं । भारतले जम्मुकस्मिरमाथि चालेको पछिल्लो कदमसँगै चिसिएको भारत–पाकिस्तान सम्बन्ध सुधार्न ध्यानाकर्षण गराउँदै काठमाडौंमा प्रदर्शन भएको छ।

हिंसात्मक गतिविधिलाई प्रोत्साहन नगर्न, वार्ता र संवादमार्फत सो क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न/गराउन मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित भारतीय र पाकिस्तानी दूतावासअगाडि धर्ना दिएको छ। जम्मुकस्मिरको विषयका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) निस्क्रिय हुन नहुने भन्दै समाजले दुवै मुलुकको ध्यानाकर्षण गराएको हो।

यस्ता विषयको ध्यानाकर्षण गराउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका पाकिस्तानी समकक्षी इमरान खानलाई लेखिएको पत्र दूतावासलाई हस्तान्तरण गरिएको छ। सार्क राष्ट्रका नागरिकमा मित्रता बढाउन, शान्ति र अमनचयन कायम गर्न र सार्कलाई पूर्ववत् अवस्थामा सक्रिय गराउन ध्यानाकर्षण गराउँदै पत्र बुझाइएको समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सार्क कुनै पनि बहानामा निस्क्रिय (डेडलक) बन्नु हुँदैन, दुवै मुलुकले शान्तिको झण्डा बोक्नुपर्छ, जम्मुकस्मिरसहित समग्र एसियाली मुलुकमा शान्ति र अमनचयन कायम हुनुपर्छ भनेर हामीले पत्र बुझाएका हौं।’

समाजले भारत पाकिस्तानसँगै अन्य छिमेकी मुलुकमा ‘युद्ध निषेधः शान्ति विशेष’ अभियानका विविध कार्यक्रम सञ्चालन गर्न चाहेको र यसका लागि सहयोग गर्न आग्रह गरिएको पुडासैनीले बताउनुभयो।

दुवै दूतावासआगाडि मंगलबार दिउँसो दुई बजेदेखि एक घन्टा धर्ना दिइएको थियो। ‘युद्ध रोकौं शान्ति कायम गरौं’, शत्रुता अन्त्य गरौं, ‘समृद्धि भिœयाऔं’, ‘भारत कहाँ छ सार्क ?’, ‘शान्तिलाई स्वागत, युद्धलाई निषेध’, ‘परमाणिक हतियार अन्त्य गर’, ‘तनाव अन्त्य गरौं, मित्रता कायम गरौं’ जस्ता नारा अंकित प्लेकार्डका साथ दूतावास अघि धर्ना दिइएको थियो।

लैनचौरस्थित भारतीय दूतावासअगाडि अध्यक्ष पुडासैनी, समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायतले धर्ना दिनुभएको थियो। त्यसै गरी महाराजगन्जस्थित पाकिस्तानी दूतावासअघि समाजका पूर्वअध्यक्षद्वय डा. गंगाधर अधिकारी, होमकान्त चौलागाईंलगायतका पदाधिकारीले धर्ना दिनुभएको थियो।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।