४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सम्झौताको मसी नसुक्दै सचिवहरूको व्यापक सरुवा

सम्झौताको मसी नसुक्दै सचिवहरूको व्यापक सरुवा
अ+ अ-

काठमाडौं । सरकारकारले आफ्ना कामकारबाहीलाई प्रभावकारी बनाउन भन्दै सचिवहरूसँग कार्यसम्पादन सम्झौता गरेको एक महिनाभित्रै सचिवहरूको व्यापक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १६ जना सचिवको एकैपटक सरुवा गरेको हो । अधिकांश सचिवहरूसँग मन्त्रीहरूले साउनको पहिलो साता कार्यसम्पादन सम्झौता गरेका थिए ।

मन्त्रीहरूले सचिवसँग कम्तीमा पनि एक वर्षसम्मको कार्यसम्पादन सम्झौता गरे पनि सम्झौता गरेको एक महिनाभित्रै सचिवहरू व्यापक सरुवामा परेका हुन् । सचिवको सरुवासँगै मन्त्रीहरूले गरेको कार्यसम्पादन सम्झौता अलपत्र परेको छ । मन्त्रालयमा आएका नयाँ सचिवहरूसँग मन्त्रीहरूले पुनः कार्यसम्पादन सम्झौता गर्ने वा नगर्ने भन्ने अन्योलता सिर्जना भएको अधिकारीहरूले बताएका छन् । प्रशासनविद्का अनुसार मन्त्रीले सचिवसँग कार्यसम्पादन गरेको एक महिनाभित्रै सचिवहरू हटाउनु कार्यसम्पादन सम्झौताको गम्भीर उल्लंघन हो । सचिवलाई जवाफदेही र उत्तरदायी बनाई नतिजा प्राप्त गर्न सम्झौता गरिने र सम्झौतामा हस्ताक्षर गरेको एक पक्षको रूपमा रहेका सचिव नै अन्यत्र सरुवा हुने अवस्थाले त्यसरी गरिएको सम्झौता स्वतः भंग हुने प्रशासनविद्को तर्क छ ।

सचिव सरुवा को कहाँ ? सूचीसहित

१. सूर्य गौतम – महालेखा नियन्त्रक कार्यालयबाट भूमिसुधार तथा व्यवस्था मन्त्रालय
२. गोपीनाथ मैनाली – भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट महालेखा नियन्त्रक कार्यालय
३. केदारबहादुर अधिकारी – वाणिज्य तथा आपूर्ति मन्त्रालबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
४. मोहनकृष्ण सापकोटा – पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सार्वजनिक खरिद अनुमगन कार्यालय
५. बेगेन्द्रराज शर्मा पौडेल सार्वजनिक खरिद अनुगमन कार्यालयबाट वित्त आयोग
६. वैकुण्ठ अर्याल – वित्त आयोगबाट वाणिज्य तथा आपूर्ति मन्त्रालय
७. माधव बेलवासे – राष्ट्रिय सर्तकता केन्द्रबाट खानेपानी मन्त्रालय
८. रामप्रसाद थपलिया – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय
९. सञ्जय शर्मा – ऊर्जा तथा सिँचाइ मन्त्रालयबाट विज्ञान तथा प्रविधि मन्त्रालय
१०. खगराज बराल – शिक्षा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय
११. महेश दाहाल – श्रम मन्त्रालयबाट शिक्षा मन्त्रालय
१२. विनोद केसी – राष्ट्रपति कार्यालयबाट श्रम मन्त्रालय
१३ . डा. हरि पौडेल – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रपति कार्यालय
१४. महेन्द्रप्रसाद गुरागाईं – लोकसेवा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
१५. आनन्द ढकाल – प्रदेश ३ को प्रमुख सचिवबाट लोकसेवा आयोग
१६. तीर्थ ढकाल – प्रदेश ५ को प्रमुख सचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

सरकारले गरेको सरुवामा कार्यसम्पादन सम्झौता उल्लंघन हुनुका साथै आफू निकटकालाई छानीछानी आकर्षक निकायमा पठाइएको छ । श्रम तथा रोजगार मन्त्रालयमा रहेका महेश दाहालललाई शिक्षा मन्त्रालयमा पठाइएको छ भने वाणिज्य तथा आपूर्ति मन्त्रालयका केदारबहादुर अधिकारीलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ । दाहाल सधैं आकर्षक निकायमा बस्ने भाग्यमानी सचिवका रूपमा रहेका छन् ।
केही सचिवलाई भने मन्त्रालयमा काम गर्ने अवसर नै दिइएको छैन । सार्वजनिक खरिद अनुगमन कार्यालयका बेगेन्द्रराज शर्मा पौडेललाई वित्त आयोगमा सरुवा गरिएको छ । राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलाई भने पहिलोपटक मन्त्रालयमा ल्याइएको छ । उनी श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएका छन् । राष्ट्रिय सर्तकता केन्द्रका माधव बेलवासेलाई खानेपानी मन्त्रालयमा लगिएको छ भने सतर्कता केन्द्रलाई नेतृत्वविहीन बनाइएको छ । पर्यटन मन्त्रालयका छोटो समय बसेका सचिव मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ । शिक्षा मन्त्रालयका खगराज बराल स्वास्थ्य मन्त्रालयमा सरुवा भएका छन् । प्रधानमन्त्री कार्यालयका डा. हरि पौडेल राष्ट्रपति कार्यालयमा सरुवा भएका छन् ।

गृह, अर्थ, परराष्ट्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सञ्चार तथा सूचना प्रविधि, वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका सचिव भने यथावत् रहेका छन् ।

चार जना सचिवमा बढुवा

सरकारले प्रशासन र इन्जिनियरिङ सेवाका गरी चार जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले चार जनालाई सचिवमा बढुवा गरेको हो । सचिवमा बढुवा भएकाहरूमा तोयम राय, तोयनारायण ज्ञावली, रवीन्द्र श्रेष्ठ र शिवहरि शर्मा रहेका छन् । बढुवा भएका राय र ज्ञवाली प्रशासन सेवाका तथा श्रेष्ठ र शर्मा इन्जिनियरिङ सेवाका छन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।