४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेपाल-भारत सम्बन्धमा समीक्षा सुरु

नेपाल-भारत सम्बन्धमा समीक्षा सुरु
अ+ अ-

काठमाडौं । नेपाल र भारतबीच राजनीतिक सम्बन्धको समीक्षा सुरु भएको छ। काठमाडौंमा मंगलबार दुई देशका उच्चस्तरीय अधिकारी सम्मिलित बैठकमा तीन वर्षअघिदेखिको द्विपक्षीय सम्बन्धका क्षेत्रगत विषयमा समीक्षा सुरु भएको हो। दुवै देशमा बलियो सरकार रहेका बेला हुन लागेको द्विपक्षीय समीक्षा अर्थपूर्ण रहेको अधिकारीहरूले बताएका छन्।

नेपाल(भारत संयुक्त आयोगको बैठकको तयारीका लागि मंगलबार परराष्ट्र मन्त्रालय र विषयगत मन्त्रालयका उच्चअधिकारी सम्मिलित दुईपक्षीय बैठक बसेको छ।उच्चस्तरीय बैठकमा परराष्ट्रसचिव शंकरदास बैरागी र भारतीय राजदूत मञ्जिभ सिंह पुरीसँगको निगरानी संयन्त्रमा भएका समीक्षात्मक विषय प्रस्तुत भएका थिए। संयुक्त आयोगको बैठक बुधबार बस्दैछ।

नेपाल-भारतबीच रहेको तीन दर्जन बढी संयन्त्र नियाल्न बनेको निगरानी संयन्त्रले समस्या पहिचान गरी यस्ता विषय अघि बढाउँदै आएको थियो। बैठकमा प्रस्तुत एजेन्डाको माइनुट बुधबार बिहान तयार हुनेछ। दिउँसो सुरु हुने संयुक्त आयोगको पाँचौं बैठकमा माइनुट प्रस्तुत हुनेछ।

आयोग बैठकमा नेपाल-भारतबीचका तीन दर्जन बढी संयन्त्रको प्रगति, राजनीतिक विषय, आर्थिक सहायता, पुराना मुद्दाको समीक्षा हुनेछ। बैठकमा तीन दशकअघिदेखि उठ्दै आएका विषयमै छलफल हुनेछ। प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय पक्षले बुझ्ने विषयमा पनि छलफल हुने अधिकारीले बताए।

बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू क्रमशः प्रदीप ज्ञवाली र एस जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ। विभिन्न पाँच क्लस्टरमा छलफल भएपछि बैठक बिहीबार सकिनेछ।

२२ वर्षसम्म रोकिएको नेपाल-भारतको बैठक २०७१ साउनमा सुचारु भएयता भएका प्रगति र थाती रहेको विषयका साथै प्रगति भएका परियोजनाका पनि समीक्षा भएको छ।

उच्चस्तरीय बैठकमा २०७३ कात्तिक १० मा नयाँदिल्लीमा भएको आयोगको चौथो बैठकमा प्रस्तुत विषय र त्यसको प्रगति समीक्षा भएको परराष्ट्र अधिकारीले बताए। तीन दर्जनभन्दा बढी विषयको विभिन्न ‘क्लस्टर’ बनाएर विषय प्रस्तुत भएका छन्।

बैठकमा केही सहमति पनि हुनेछन्। बैठकमा दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुनेछ। साथै भारतीय पक्षले भूकम्पपछिको पुनर्निर्माण र तराईको हुलाकी सडक सञ्जालको काम अघि बढाउन चेक हस्तान्तरण गर्ने कार्यक्रम छ।

हुलाकी सडक निर्माणको काम अघि बढ्न नसकेपछि भारतीय सहयोग उपलब्ध हुने र नेपालले त्यसमा आफंैले काम अघि बढाउने सहमतिअनुसार सहयोग रकम भारतीय विदेशमन्त्रीको उपस्थितिमा उपलब्ध गराउन लागिएको हो।

परराष्ट्रमन्त्री ज्ञवालीको नेतृत्वमा २५ सदस्यीयभन्दा बढी नेपाली प्रतिनिधि मण्डलले विभिन्न विषयमा समूहगत रूपमा भारतीय पक्षसँग छलफल गर्ने तयारी छ। भारतीय पक्षबाट पनि विदेशमन्त्री एस जयशंकरसहित उत्तिकै संख्यामा सहभागी हुनेछन्।

संयुक्त आयोग बैठकमा राजनीतिक, सीमा सुरक्षा, डुबान समस्या, आर्थिक सहयोग तथा पूर्वाधार निर्माण, ऋण, कृषि क्षेत्रको विकास, सडक निर्माण, रेलसेवा लिंकलगायतको विषयमा छलफल हुनेछ। रक्सौल-काठमाडौं रेलको डीपीआर लगायतको विषय पनि यसमा रहेको छ। पानीजहाज चलाउने विषयमा पनि समीक्षा हुनेछ। अघि बढेको परियोजनाको समीक्षा गर्नुका साथै उच्चस्तरीय भ्रमणको तयारी बारेमा पनि छलफल हुने अधिकारीले बताए।

जयशंकरले राजनीतिक भेट गर्ने

बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार बिहान काठमाडौं आइपुग्नेछन्। उनले बैठकमा सहभागी हुनुअगावै शिष्टाचार भेट गर्नेछन्। उनलाई परराष्ट्रसचिव बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् भने त्यसलगत्तै उनले प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँग जयशंकरले नेपालको पछिल्लो राजनीतिक अवस्था र दुईपक्षीय सम्बन्धबारे छलफल गर्नेछन्।

उनले भारतीय दूतावासमा केही राजनीतिक भेटवार्तासमेत गर्ने कार्यक्रम छ। विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन्।उनी विदेश मन्त्रालयको राजनीतिक नेतृत्वमा आएपछि पहिलोपटक नेपाल भ्रमणमा आएका हुन्। उनले २०७२ असोजमा गरेको राजनीतिक भेटघाटको अवस्थालाई चिर्न पनि अहिलेको भेटघाट महत्वपूर्ण रहेको अधिकारीहरू बताउँछन्। जयशंकरले त्यतिबेला विदेश सचिवका रूपमा नेपाल भ्रमण गरेपछि नाकाबन्दी लागेको थियो।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमका प्रकाशित छ ।