४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कांग्रेसमा छलफलबिनै एजेन्डा पारित !

कांग्रेसमा छलफलबिनै एजेन्डा पारित !
अ+ अ-

काठमाडौं । कांग्रेस केन्द्रीय समितिको असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ बुँदे एजेन्डा पेस गरेका थिए। बैठकमा संघीयताअनुसार पार्टीको अन्तरिम संरचना गठनदेखि भ्रातृसंस्थाका विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संघबारे छलफल गर्ने कार्यसूची थियो। कांग्रेस बैठक डेढ महिनाको बीचमा एक दर्जन पटक बस्यो। जारी बैठकमा १४ एजेन्डामध्ये आधा पनि छलफल हुन सकेको छैन। तीमध्ये तीन एजेन्डा बैठकले पारित गरेको छ भने कतिपय एजेन्डा बैठकमा प्रस्तुत भए पनि छलफल बिनै पारित भएका छन्।

असार २९ को बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी पारित गरेको थियो। साउन २६ को बैठकले ‘नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ सर्वसम्मत पारित गरी लागू गर्ने निर्णय गरेको थियो। बैठकले तनहुँमा गठित पार्टीको समानान्तर समिति खारेज गर्ने निर्णय गरेको थियो।

यीबाहेक बैठकमा पेस भएका अधिकांश एजेन्डा छलफलबिनै पारित भएका हुन्। ‘निर्देशिका र नियमावली पार्टीबाट पारित भएका हुन्। अरू एजेन्डा केन्द्रीय समिति बैठकमा पेस भए पनि छलफलकै क्रममा छन्,’ केन्द्रीय सदस्य डा। नारायण खड्काले भने, ‘छलफलकै क्रममा रहेका विषयलाई त कसरी पारित भयो भन्ने रु मलाई जानकारी भएको नहुन पनि सक्छ।’

बैठकमा वैशाख २५ देखि जेष्ठ २५ सम्म सञ्चालित ‘हिमाल, पहाड, तराई(मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को एकीकृत प्रतिवेदन पेस भए पनि छलफल भएको छैन। बैठकमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रगति विवरण, केन्द्रीय अनुशासन समितिको प्रगति प्रतिवेदन, कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजनका सन्दर्भमा भएका कामको प्रगति प्रतिवेदन पेस भएका छन्। तर यी कुनै एजेन्डामा छलफल भएको छैन। ‘बैठकमा पेस भएका कतिपय विषयमा धेरै छलफल आवश्यक देखिँदैन। पारित भएसरह नै हुन्,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘महत्वपूर्ण विषयमा छलफल सुरु भएको छैन।’

उनले नियमावली केन्द्रीय समितिबाट पारित भए पनि त्यसले अझै पूर्णता पाइनसकेको बताए। ‘प्रदेश कमिटीबारे निर्देशिका मौन छ। संघीयताअनुसार स्थानीय तहमा मात्र संरचना बनाएर हुँदैन। प्रदेश कमिटी गठन नभएसम्म यो पनि अधुरै हुन्छ,’ उनले भने।

भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने, विधानअनुसार अवधि समाप्त भएका भ्रातृसंगठनका सम्बन्धमा बैठकमा छलफल भएको छैन। त्यस्तै जनसम्पर्क समिति, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन गर्ने, देशको समसामयिक राजनीतिक विषयवस्तु र विविध विषयमा छलफल भएको छैन।

‘बैठकमा पेस भएका सबैजसो विषय पारित भइसकेका छन्,’ केन्द्रीय सदस्य एनपी साउँदले भने, ‘अब भातृसंस्था र जनसम्पर्क समितिबारे छलफल हुन बाँकी छ। भ्रातृसंस्थाबारे आगामी बैठकमा छलफल हुन्छ।’

कांग्रेस केन्द्रीय समिति बैठक भदौ ११ मा बस्दैछ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।