४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

धेरै दुर्घटना चालक निदाएर

धेरै दुर्घटना चालक निदाएर
अ+ अ-

धादिङ । ०७४ कात्तिक ११ गते सप्तरीबाट आएको बस गजुरी घाटबेसीमा बिहान ५ बजे दुर्घटना हुँदा ३४ जनाको मृत्यु भयो । चालक सन्तोष चौधरीले बिहानीपख निद्रा लागेका कारण दुर्घटना भएको प्रहरीसमक्ष बताएका थिए । काठमाडौंबाट चलाएर गएको बस हेटौंडामा छाडेर उताबाट आएको ना६ख १४६६ नम्बरको सन्देश ट्राभल्सको रात्रिबस लिएर फर्कने क्रममा दुर्घटना भएको थियो ।

०७६ जेठ ५ मा काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस गजुरी–६, बन्छेटारस्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खस्दा ९ जनाको मृत्यु भएको थियो । ना७ख ४३८७ नम्बरको बस बिहानै दुर्घटनामा परेको थियो । उक्त बसका चालक पनि रातभर सुत्न पाएका थिएनन् ।

०७६ साउन २४ गते सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस बेनीघाट मालिंगामा बिहान ३ बजे दुर्घटना हुँदा १५ जनाको मृत्यु भयो । ९ जना अझै बेपत्ता छन् । दुर्घटनामा घाइते भएका चालक जीवन विकले रातभर सवारी हाँकेको बताएका थिए ।

रात्रि तथा लामो दूरीका बसमा दुई चालक राख्नुपर्ने नियम छ । राजधानी भित्रिने र बाहिरिने लामो दूरीका बस भने एकै चालकले चलाउने गरेको पाइएको छ । दिउँसो आराम नगरी रातभरि बस चलाउँदा निदाएर बिहानीपख दुर्घटना हुने गरेका छन् । पछिल्लो समय अधिकांश बसमा कन्डक्टर र सहचालकको समेत लाइसेन्स बनाएर चालकका रूपमा देखाउने गरेकाले दुर्घटना बढेको व्यवसायी बताउँछन् । रात्रिसेवाका गाडीमध्ये विशेषगरी मध्यम दूरीका पूर्वी र मध्यतराईका यातायात व्यवसायीले दुई चालक राख्ने गरेका छैनन् ।

मध्यपूर्वी तराईका जिल्लाबाट नारायणगढ हुँदै काठमाडौं पुग्न करिब ५ सय किलोमिटर यात्रा गर्नुपर्छ । धेरैजसो गाडीधनीले हेटौंडासम्म आफैं चलाएर आउने र काठमाडौंबाट आएका चालकलाई गाडी जिम्मा लगाई फर्किने गरेको पाइएको छ । राजविराज, मलंगवा, जनकपुर, धरान, धनकुटा, सप्तरी, इटहरी, विराटनगर, लालबन्दी, बारा, पर्सालगायत ठाउँबाट आउने गाडीको चालक फेर्ने, इन्धन भर्ने, खाना खाने मुख्यस्थल हेटौंडा हो ।

अधिकांश गाडी पूर्वी तराईबाट काठमाडौं आउँदै गर्दा बिहानीपख दुर्घटना हुने गरेका छन् । नारायणगढसम्म गर्मीले आलसतालस भएका चालक बिहानीपख त्रिशूली किनारको चिसो सिरेटोमा लोलाउने गरेका कारण दुर्घटना बढेको जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारले बताए ।

राजमार्गका मुख्य चेक प्वाइन्टमा सवारीधनीले चालक फेरिएको विवरण टिपाउँछन् । ‘मुख्य जाँच गर्ने ठाउँ चितवनको आँपटारी, मुग्लिन र गजुरीलगायतमा सोधपुछ भइरहेको हुन्छ’, गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी निरीक्षक नेत्रप्रसाद भट्ट भन्छन्, ‘सवारीधनी र चालक भर्खरै परिवर्तन भयो भन्छन्, यात्रु मौन बस्छन् ।’ महेन्द्रनगरबाट आएको रात्रिबसका एक यात्रु आइतबार बिहान मलेखुमा चिया पिउँदै थिए । ‘गाडी स्टाफ भनेर २र४ जना देखिएका त थिए तर बाटोमा चालक परिवर्तन भएरनभएको यादै भएन,’ उनले भने, ‘यात्रुले नदेखिने गरी चालक कक्षको ढोका लगाइएको हुन्छ । चालक फेरिए नफेरिएको पत्तै हुँदैन ।’

लामो यात्रा गर्दा यात्रु सचेत हुनुपर्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख भट्ट बताउँछन् । ‘जहाँतहीँ चेक गर्न मिल्दैन, ठाउँ हेरेर बेला–बेला चेक गर्दा पनि यात्रुबाटै विरोध आउँछ, भर्खरै परिवर्तन भएको भनिदिन्छन्,’ उनी भन्छन्, ‘राति धेरै अवरोध गरेर चेक गर्न पनि नमिल्ने, अतिरिक्त चालकको लाइसेन्स अथवा व्यक्ति खोजेका बेला यात्रुले नै उता सुतेको छ भनिदिन्छन् ।’

महाकाली यातायातकै गाडी चलाइरहेका महेन्द्रनगरका चालक सुवास भट्टले सबै समितिले दुई चालक राख्न नसकेको बताए । ‘हाम्रो समितिमा धेरै गाडी छन्, दैनिक होल्डमा थुप्रै गाडी हुन्छन्,’ उनले भने, ‘संस्थागत रूपमै होल्डमा बसेका चालकलाई समितिले अतिरिक्त चालकमा पठाउने गरेको छ ।’ ठूला गाडी चलाउन सक्ने दक्ष चालक उत्पादनका लागि राज्यले बेवास्ता गरिरहेकाले सबै समितिले गाडीमा २ चालक राख्न सक्ने अवस्था नरहेको उनले बताए ।

पछिल्लो समय लामो दूरीका ठूला सवारीसाधनको संख्याका आधारमा लाइसेन्सप्राप्त चालक थोरै रहेकाले नियम लागू गर्न कठिन भएको जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारले बताए । ‘खलासी भएर त्यत्तिकैमा सिकेर चालक बनेका धेरै छन्,’ उनले भने, ‘प्राविधिक ज्ञानको कमी हुनु र दक्षता नहुनुले धेरैजसो दुर्घटना निम्तिरहेको छ ।’

यातायात व्यवस्था ऐन, २०५९ दफा १०३ मा ४ घण्टाभन्दा लामो दूरीमा चल्ने यात्रुवाहक सवारीसाधनले प्रत्येक ४ घण्टामा १ पटक आधा घण्टा रोक्नुपर्ने र दफा १०४ मा लामो बाटो (प्रस्थान स्थानबाट २५० किलोमिटर वा सोभन्दा बढी दूरीको गन्तव्य) मा यातायात सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा २ जना चालक अनिवार्य रूपमा राखी प्रत्येक ६ घण्टामा पालैपालो चलाउनुपर्ने व्यवस्था रहे पनि कार्यान्वयनमा आएको छैन ।

यो व्यवस्था अनिवार्य कार्यान्वयन गर्न यातायात व्यवस्था विभागले पटक–पटक निर्देशन दिने गरेको छ ।

ट्राफिक प्रहरीको एक अध्ययनले अधिकांश सडक दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको देखाएको छ । ७८ प्रतिशत दुर्घटना सवारी चालकको लापरबाहीले हुने गरेको पाइएको छ । गएको ३१ वर्षमा त्रिशूलीमा मात्र २ सय ६९ बस खसेको तथ्यांक छ । महाशाखाका अनुसार आर्थिक वर्ष २०७५र७६ मा मुलुकभर ८ हजार ६ सय ११ सडक दुर्घटना भए । यीमध्ये चालकको लापरबाहीका कारण मात्रै ७ हजार ५ सय २९ दुर्घटना भएका छन् ।

गत आर्थिक वर्षमा भएका दुर्घटनामा परी २ सय ५४ जनाको मृत्यु भएको थियो । ती घटनामा ३ सय १७ गम्भीर घाइते र ५ हजार ८ सय ९० जना साधारण घाइते भएका थिए । मृत्यु भएकामा पुरुषको संख्या १ सय ९६ थियो भने महिला ५८ थिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।