५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमा छ: मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमा छ: मन्त्री पोखरेल
अ+ अ-

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान शुभारम्भ गर्दै उहाँले अभिभावक, शिक्षाविद्सँगको लामो छलफलपश्चात् उक्त नीति निर्माण गर्न लागिएको बताएका हुन् ।

मन्त्री पोखरेलले आज बस्ने मन्त्रिपरिषद्को बैठकले शिक्षकको दरबन्दीबारे निर्णय गरिने जानकारी दिँदै पालिका तहमा दरबन्दी पुनः वितरणमा नयाँ प्रक्रिया शुरु गरिने बताए । उनले नेपाल शिक्षक आयोगको परीक्षा उत्तीर्ण शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने धारणा व्यक्त गर्दै स्थानीय पालिका तहमा नपुग विषयगत शिक्षक स्थानीय स्तरबाटै दरबन्दी पूर्ति गरिने जानकारी दिए । मन्त्री पोखरेलले सामुदायिक विद्यालय स्वायत्त संस्था भएकाले नजिताका आधारमा अनुदानको व्यवस्था भए स्तरीय पठनपाठन हुने विचार व्यक्त गरे ।

मन्त्रालयका सचिव हरिप्रसाद दाहालले प्रदेशमा गुणात्मक एवम् जीवनोपयोगी शिक्षाका लागि कार्य भइरहेको जानकारी दिए । सो अवसरमा प्रदेशअन्तर्गत १४ जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र व्यवस्थापन समितिका सदस्यहरुले आ–आफ्नो विद्यालयबाट गरिएका कार्यबारे जानकारी गराएका थिए ।