५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रवि समर्थक २२ पक्राउ, ४ धरौटीमा रिहा

रवि समर्थक २२ पक्राउ, ४ धरौटीमा रिहा
अ+ अ-

चितवन । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा भरतपुर क्षेत्रमा प्रदर्शनमा उत्रेकामध्ये हालसम्म २२ जना गिरफ्तार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाका अनुसार तीमध्ये चारजना धरौटीमा छुटेका छन्, १८ जनालाई अनुसन्धान गर्न प्रहरीले हिरासतमा राखेको छ । रविलाई तत्काल रिहा गर्नुपर्ने माग राखेर साउन ३१ गते शुक्रबारदेखि हरेक दिन प्रदर्शन हुने गरेको छ । प्रहरीले साउन ३२ गते चार जनालाई समाएको थियो । भदौ २ गते १० जना पक्राउ परे । मंगलबार रविसहित तीनजनालाई अनुसन्धानका लागि म्याद थप गर्नअदालत लैजाने दिन थियो । त्यो दिन प्रदर्शनमा उत्रिएका ८ जना समातिए ।

‘समातिएकामध्ये चार जना धरौटीमा छुटेका छन्, १८ जनालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न चितवन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर हिरासतमै राखिएको छ’, डीएसपी कोइरालाले भने ।

समर्थकको प्रदर्शनमा बुधबारबाट संख्या पातलो हुँदै गएको छ । प्रदर्शनमा उत्रेकाले अराजक नारा लगाउने गरेको भन्दै नेकपा चितवनले त्यस्ता कार्यक्रममा सहभागी नहुन सोमबार प्रेस विज्ञप्ति जारी गरेर कार्यकर्ता तथा समर्थकलाई निर्देशन दिएको थियो । सोही दिन कांग्रेसले पनि अलग्गै विज्ञप्ति निकालेर शान्तिपूर्ण रूपमा सभासम्मेलन र जुलुसमार्फत जायज मागको ‘परीक्षण’ गर्न पाउने संवैधानिक अधिकार प्रत्याभूत हुनुपर्ने बताएको थियो ।

यसअघि आइतबार साँझ चितवन जिल्ला प्रशासनमा सर्वदलीय बैठक बसेको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सुरक्षा अधिकारी, नेकपा, कांग्रेस, समाजवादी पार्टी, जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (माले) र राप्रपाका नेता–प्रतिनिधि सहभागी बैठकले तीन बुँदे निर्णय गरेको थियो । पक्राउ परेका व्यक्तिहरूको पक्षरविपक्षमा नभई शान्ति कायम गर्न दलहरूले सर्वसाधारणलाई अपिल गरेका थिए । दलहरूले अराजक प्रदर्शनलाई निरुत्साहित गर्ने निर्णय गरेका थिए ।

रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई बिहीबार काठमाडौंमा पक्राउ गरेर चितवन प्रहरीले भरतपुर ल्याएको थियो । काठमाडौंको माउन्टेन टीभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनी साउन २० गते राति नारायणगढको एक होटलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले बरामद गरेको मोबाइल फोनमा रेकर्ड भएको भिडियोमा पुडासैनीले रविसहित तीन जनाका कारण आफूले आत्महत्या गरेको बताएका छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।