५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

फुक्यो फास्ट ट्र्याकको गाँठो, अब ठूला काम सुरु हुन्छ : सेना

फुक्यो फास्ट ट्र्याकको गाँठो, अब ठूला काम सुरु हुन्छ : सेना
अ+ अ-

काठमाडौं। सरकारले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि नेपाली सेनाले बुझाएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ । सेनाले सरकारलाई बुझाएको साढे चार महिनापछि सरकारले द्रुत मार्गको डीपीआर स्वीकृत गरेको हो । सरकारले डीपीआर स्वीकृत गरेसँगै फास्ट ट्र्याक निर्माणको गाँठो फुकेको छ । डीपीआर स्वीकृत नहुँदा सेनाले पटकपटक सरकालाई स्वीकृत गर्न ताकेता गर्दै आएको थियो भने मन्त्रिपरिषद्मा पुगेको डीपीआर स्वीकृत नहुँदा सेना दबाबमा परेको थियो ।

नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता विज्ञानदेव पाण्डेले डीपीआर स्वीकृत भएसँगै निर्माणका लागि रहँदै आएको अन्योल हटेको बताए । ‘फास्ट ट्र्याकको बाँकी कामका लागि बाटो खुल्यो, अब पुल र सुरुङ निर्माणका लागि प्रक्रिया अघि बढ्छ,’ सैनिक प्रवक्ता पाण्डेले भने ।
सेनाले गत ५ चैतमा कोरियाली कम्पनी सुसुङले बनाएको द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को मस्यौदा रक्षा मन्त्रालयमा बुझाएको थियो भने रक्षा मन्त्रालयमार्फत १२ चैतमा मन्त्रिपरिषद्मा पुगेको थियो ।
सेनाले बुझाएको डीपीआरमा फास्ट ट्र्याक निर्माणका लागि १ खर्ब ५५ अर्ब लाग्ने प्रस्ताव गरेको थियो । सोहीअनुुसार नै सरकारले डीपीआर स्वीकृत गरिएको स्रोतले बताएको हो । सो रकममा मूल्य अभिवृद्धि कर (भ्याट) भने समावेश गरिएको छैन । भ्याटसमेत समावेश गर्ने हो भने फास्ट ट्र्याकको लागत १ खर्ब ७५ अर्ब लाग्नेछ ।
सेनाले २०७८ साउनभित्र सम्पन्न गरिसक्ने गरी सो सडक निर्माणको जिम्मेवारी २७ साउन २०७४ मा पाएको थियो । तर, निर्माणको जिम्मेवारी पाएको दुई वर्ष बित्दासमेत सेनाले निर्माण अघि बढाउन आवश्यक पर्ने डीपीआरको अन्तिम निर्णय प्राप्त गर्न सकेको थिएन । डीपीआर नहुँदा सेनाले सो सडकखण्डमा पुल र सुरुङ निर्माणसहितका ठूला कामका लागि प्रक्रिया अघि बढाउन सकेको थिएन । सेनाले पुल निर्माणका लागि ६ विदेशी कम्पनीलाई समेत छनोट गरिसकेको छ । जसमा पाँच चिनियाँ कम्पनी र एक टर्किस कम्पनी छन् ।
सैनिक प्रवक्ता पाण्डेले अब पुल निर्माणका लागि छनोट भएका ६ कम्पनीमध्ये एक कम्पनी छनोट गर्ने उनले जानकारी दिए । सेनाले द्रुत मार्गको सुपरिवेक्षण गर्नका लागि समेत ६ वटा विदेशी कम्पनीको प्रस्तावना ९प्रपोजल० लिइसकेको छ । ती कम्पनीलाई सेनाले द्रुत मार्गमा डीपीआरअनुसार काम भए नभएको अनुगमन गर्नका लागि भन्दै प्रस्तावना माग गरेको थियो । तर, डीपीआर नै स्वीकृत नहुँदा उनीहरूले समेत काम गर्न पाएका थिएनन् ।
सेनाले सुपरिवेक्षणका लागि भन्दै दक्षिण कोरिया, सिंगापुर, अमेरिका, पोर्चुगल, स्पेन र भारतका गरी संयुक्त तथा केही एकल प्रस्तावनासमेत स्वीकार गरेको थियो ।
सेनाको प्रस्तावमा १० करोड १२ लाख ७८ हजार ९३२ रुपैयाँको लागतमा सुसुङले डीपीआर बनाएको थियो । सेनाले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार सो सडक तराई क्षेत्रमा २७ मिटर र पहाडी क्षेत्रमा २५ मिटर चौडाइ प्रस्तावित छ ।
यस्तै, द्रुत मार्गमा ८७ वटा पुल र तीनवटा टर्नेल (सुरुङ) प्रस्तावित छ । सेनाले केही स्थानमा असहज महसुस गर्दै सुरुङ बढाउन प्रस्ताव गरेपछि डीपीआरमा पुलको संख्या पहिले प्रस्ताव भएभन्दा घटेको थियो ।
यसअघि द्रुत मार्गमा ९९ वटा पुल प्रस्तावित थियो भने लम्बाइसमेत ७६ दशमलव २ किलोमिटर प्रस्तावित थियो । तर, अब सुरुङको संख्या बढेपछि दूरी समेत घटेर ७२ दशमलव ५ हुने भएको हो । जसमध्ये ८७ वटा पुलको दूरी मात्रै १० दशमलव ५९ किलोमिटर हुनेछ ।

पछिल्लो प्रस्तावमा १ दशमलव ४ किलोमिटरको सुरुङ लेनडाँडामा प्रस्तावित छ भने अर्को सुरुङ ३ दशमलव ३ किलोमिटरको महादेवटारमा प्रस्ताव गरिएको छ । यस्तै, अर्को सुरुङ धेद्रेमा १ दशमलव ३७ किलोमिटरको प्रस्तावित छ । तीनवटै सुरुङको दूरी ६ दशमलव ७ किलोमिटर हुने छ ।
सेनाले एसियाली विकास बैंकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर हालसम्म निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको थियो ।

पुलका लागि नेपाली कम्पनी प्राथमिकतामा

डीपीआर स्वीकृत भएसँगै नेपाली सेनाले द्रुत मार्गमा निर्माण हुने पुलका लागि नेपाली निर्माण कम्पनीलाई प्राथमिकतामा राख्ने बताएको छ । डीपीआरअनुसार सो मार्गमा ८७ वटा पुल प्रस्तावित छन् । जसमध्ये १६ वटा पुल विशेष किसिमका तथा लामा छन् । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले नेपाली निर्माण कम्पनीले निर्माण गर्न सक्ने किसिमका पुलका लागि नेपाली निर्माण कम्पनीलाई नै प्राथमिकतामा राखिने बताए ।

‘८७ वटा पुलमध्ये केही विशेष प्रकारका र लामा छन, कतिवटा पुल नेपाली निर्माण कम्पनीले बनाउन सक्छन् अब त्यो हेर्छौं, पुलका लागि नेपाली निर्माण कम्पनीलाई प्राथमिकतामा राखिन्छ,’ प्रवक्ता पाण्डेले भने ।
नेपाली कम्पनीले निर्माण गर्न नसक्ने पुल मात्रै विदेशी कम्पनीलाई निर्माणको जिम्मा दिने र पुल र सुरुङको निर्माणका लागि छिटै टेन्डर प्रक्रिया अघि बढाउने सैनिक प्रवक्ता पाण्डेले जानकारी दिएका हुन् । पुल बनाउनका लागि सेनाले चाइनिज र टर्किस कम्पनी गरी ६ कम्पनी छनोट गरिसकेको छ । त्यसमध्ये एक कम्पनी छानिने छ । सुरुङका लागि भने कम्पनी छनोट प्रक्रिया सुरु भएको छैन । हालसम्म सो सडकखण्डमा सेनाले ५३।५ किमि सडकको ट्र्याक खोल्ने र त्यसलाई चौडा बनाउने काम गरेको छ । यस्तै, अन्य कामलाई समेत सहज बनाउन सेनाले द्रुत मार्गका ७ स्थानमा बेली ब्रिज बनाएर काम अघि बढाउँदै आएको छ ।

ठाउँठाउँमा ‘रोड कनेक्टर’

फास्ट ट्र्याकका बीचबीचमा रोड कनेक्टरसमेत बन्नेछन् । एकतर्फबाट आएका सवारीसाधन फेरि आएकै स्थानतर्फ फर्किन चाहे रोड कनेक्टरमार्फत सो सवारी साधनलाई चालकले आफू आएकै दिशामा लैजान सक्नेछन् । यस्तै चालकले आफ्नो रुटसमेत फेर्न सक्नेछन् ।
सैनिक प्रवक्ता पाण्डेका अनुसार त्यस्ता रोड कनेक्टर पुल र सुरुङ भएका स्थानमा प्राथमिकतामा पर्नेछन् । सो स्थानमा पैदल यात्रुका लागि समेत ट्र्याक बन्नेछ । सो मार्गमा ८७ वटा पुल र तीन स्थानमा सुरुङ बन्नेछ ।
यस्तै, सिस्नेरी क्षेत्रमा पर्ने बाग्मती खोलामा भने दुईतर्फबाट दुई/दुई लेनको सडक बन्नेछ भने खोला सकिएपछि चार लेनको सडकमा जोडिनेछ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।