५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रमा जागरण गर्दै कांग्रेस

तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रमा जागरण गर्दै कांग्रेस
अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ३३० वटै प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको जनजागरण अभियानको तयारी गरेकोे छ । कांग्रेसले ७७ जिल्ला, सबै प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा जागरण गर्ने लक्ष्यअन्तर्गत २४ भदौबाट १० असोजसम्म प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा जागरणको तयारी गरेको हो ।

यसअघि कांग्रेसले ७७ वटै जिल्लामा पहिलो चरणअन्तर्गत २५ वैशाखबाट २५ जेठसम्म एकमहिने जागरण चलाएको थियो । दोस्रो चरणअन्तर्गत ३३० वटै प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा अभियान आयोजना गरिने कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए ।

‘३३० वटै प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको जागरण हुँदै छ, जागरणमा पदाधिकारीसहित केन्द्रीय तहका नेता, सांसद, पूर्वसांसद तथा पूर्वकेन्द्रीय सदस्यहरू प्रतिनिधिका रूपमा सहभागी हुनेछन्,’ सहमहामन्त्री महतले राजधानीसँग भने ।
कांग्रेसले संगठन सुदृढीकरण, सरकारविरुद्ध गतिविधिलगायतका १५ वटा मुख्य मुद्दालाई लिएर जनजागरण अभियान सुरु गरेको हो । कांग्रेसले तेस्रो चरणको अभियान भने ७ पुसदेखि १६ गतेसम्म अर्थात् १० दिन ७५३ वटै स्थानीय तहमा जनजागरण अभियान गर्ने लक्ष्य लिएको छ ।

जागरण अभियानमार्फत कांग्रेसले महासमितिबाट पारित विधानसहितका दस्तावेजबारे कार्यकर्तालाई सुसूचित गर्ने, नेता कार्यकर्ताबीच एकता बढोत्तरी गर्ने, जागरण अभिवृद्धि गर्ने, कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धि जनताबीच सम्प्रेषण गर्ने, संविधान संशोधनबारे जनमत सिर्जना गर्नेलगायतका उद्देश्य लिएको छ ।
कांग्रेसले पहिलो चरणको जागरण अभियानबाट पार्टीका कार्यक्रमलाई सभ्य बनाउन पार्टीका गतिविधिमा बोल्ने वक्तालाई समेत नियन्त्रणको नीति लिएको छ । कांग्रेसले पहिलो चरणको जागरणबाटै प्रमुख वक्ता, महिला वक्ता र कार्यक्रमका सभापतिलाई मात्रै वक्ताका रूपमा राख्ने रणनीति लिएको हो ।

यसैगरी, देशैभर हुने जागरण कार्यक्रमका लागि ब्यानर तथा पर्चासमेत एकै प्रकारको प्रयोग गरिने नीति कांग्रेसले लिएको छ ।
यस्तै, कांग्रेसले पार्टीको कार्यक्रममा ‘ब्याच’ र ‘माला’लाई समेत प्रतिबन्ध लगाएको छ । पार्टीका कार्यक्रममा अनावश्यक रूपमा समय खर्च हुने भन्दै कांग्रेसले कार्यक्रमबाट ‘ब्याच’ र ‘माला’मा समेत प्रतिबन्ध लगाएको हो ।
कांग्रेसले जनजागरण अभियानका क्रममा हुने कार्यकममा दीर्घजीवी बिरुवा रोपेर र दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नेछ ।

गत निर्वाचनमा पार्टीले बेहोरेको हारपछि कार्यकर्तामा देखिएको निराशालाई उच्च पार्नसमेत जागरण अभियान फलदायी हुने लक्ष्य कांग्रेसको छ । कांग्रेसले अभियानका लागि आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि खटाइसकेको छ । कांग्रेसले यस अभियानमार्फत २००७ सालदेखि २०१७, २०१७ देखि २०३६ र २०३६ देखि २०४६ सम्मका विभिन्न चरणका आन्दोलनमा सहभागी भएका आफ्ना नेताहरूको समेत खोजी गर्ने लक्ष्य लिएको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।