५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राजपाका ६ नेतासँग राति जयशंकरको दुई घण्टा छलफल

राजपाका ६ नेतासँग राति जयशंकरको दुई घण्टा छलफल
अ+ अ-

काठमाडौं । भारतीय विदेशमन्त्री एस.जयशंकर र राष्ट्रिय जनता पार्टी (राजपा) शीर्ष नेतृत्वबीच बुधबार राति दुई घण्टा भेटवार्ता भएको छ। द्वारिकाज होटलमा राति करिब ११ बजेसम्म भएको भेटमा दुई देशको सम्बन्धबारे छलफल भएको नेताहरूले बताएका छन्।

भेटमा राजपा अध्यक्ष मण्डलका सदस्यहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरद्सिंह भण्डारी, महेन्द्र यादव, राजकिशोर यादव र अनिल झा सहभागी थिए। भारतीय पक्षबाट विदेशमन्त्री जयशंकर र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी सहभागी थिए।

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले दुई देशको सम्बन्धबारे छलफल भएको बताए। ‘नेपाल भारत सम्बन्धबारे चर्चा भयो। उहाँले भारतको पछिल्लो अवस्थाबारे कुरा राख्नुभयो’, यादवले भने, ‘हामीले प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालका लागि बधाई दियौँ।’

भेटमा अरु राजनीतिक विषयमा छलफल भए नभएकोबारे नेताहरूले बताउन चाहेनन्। नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका जयशंकरले दिउँसो १२ बजे नेपाली काग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीबाट राजनीतिक भेटघाट सुरु गरेका जयशंकर दिउँसो आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्कने कार्यक्रम छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।