५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

वातावरण विभागमै फोहोरको डंगुर

वातावरण विभागमै फोहोरको डंगुर
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण विभागअन्तर्गत ट्रान्सफर केन्द्रमा फोहोरको डंगुर थुप्रिएको छ। सामान्यतया वातावरण विभागको ट्रान्सफर केन्द्रमा साना गाडीले ल्याएको फोहोर संकलन गरिन्छ। संकलित फोहोर ठूला गाडीमा लोड गरेर सिसडोलसम्म पुर्‍याइन्छ। तर, अहिले सिसडोल पुर्‍याउन समस्या भएकाले फोहोर वातावरण विभागको ट्रान्सफर केन्द्रमै जम्मा हुन थालेको हो।

सिसडोलको डम्पिङसाइटमा फोहोर फाल्ने जमिन सकिएपछि समस्या भएको हो। सधैं फोहोर फ्याँक्ने ठाउँ भरिएपछि कोल्पु खोलाछेउमा फालिँदै छ। फोहोर जम्मा गर्ने ठाउँमा पुग्ने बाटो साँघुरो भएकाले फोहोर बोकेर गएका गाडीले घण्टौं कुर्नुपर्छ। विभागका अनुसार महानगरसँग फोहोर फाल्ने १७ वटा गाडी छन्। तीमध्ये केही बिग्रिएका छन्। निजी कम्पनीका गाडीले पनि फोहोर उठाउने गरेका छन्। तर, तिनले पनि केही समयअघि फोहोर फाल्ने ठाउँमा गाडी जान नसकेपछि लैजान मानेनन्। जसले गर्दा, महानगरबाट दैनिक निस्कने फोहोर वातावरण विभागमै जम्मा भएको हो।

फोहोर बोक्ने गाडी बिग्रिएर पनि धेरै फोहोर जम्मा भएको बताउँछन् महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ। ‘वर्षामा गाडी जान नसकेर पनि फोहोर जम्मा भएको थियो,’ उनले भने, ‘तर, अहिले बाटो राम्रै छ। केही गाडी बिग्रिएर मर्मत हुँदै छन्। गाडी बनेपछि धमाधम लैजान्छौँ।’

टेकुको ट्रान्सफर केन्द्रमा लामो समयसम्म जम्मा भएको फोहोरका कारण दुर्गन्ध फैलिएको छ। फोहोरबाट निस्कने दुर्गन्धले गर्दा अहिले वरपरका घरमा बस्नै मुस्किल भएको स्थानीयको भनाइ छ। ‘फोहोर थुप्रिएको धेरै भयो,’ एक स्थानीय पसलेले भनिन्, ‘अहिले दुर्गन्ध पनि धेरै छ। फोहोर यसरी थुप्रिँदा हैजा फैलिन्छ भन्ने डर छ।’ महानगरले फोहोरको दुर्गन्ध कम गर्न दैनिक औषधि छर्किने गरेको छ। तर, औषधिले पनि दुर्गन्ध भने कम भएको छैन।

उपत्यकाको फोहोर लैजाँदै गरेको ठाउँ सिसडोलवासी दुर्गन्धले समस्यामा छन्। उनीहरूले बेला–बेला फोहोर फ्याँक्न नदिन विरोध गर्ने गरेका छन्। तर, महानगरले जबर्जस्ती सिसडोल नै फोहोर पुर्‍याइरहेको छ। स्थानीयले विरोध गरेपछि समस्या समाधान गर्न बन्चरेडाँडामा ल्यान्डफिलसाइट बनाइरहेको छ। विभागका प्रमुख श्रेष्ठका अनुसार ठेक्का सम्झौता भएर काम थालिएको छ। ‘बन्चरेडाँडाको ल्यान्डफिलसाइटको काम भइरहेको छ,’ उनले भने, ‘अब छिट्टै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न पाउने भएका छौँ। त्यसपछि फोहोरको समस्या समाधान हुन्छ।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।