१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दसैँअघि वेत्रावतीमा बेलीब्रिज सञ्चालन गर्ने तयारी News Polar बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ News Polar नेपालमा लगानी गरेर लगानीकर्ता सन्तुष्ट छन् कि छैनन् भन्ने बुझ्छौँः मन्त्री लम्साल News Polar कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने News Polar विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह News Polar गगनलाई ‘नयाँ दल’ भनेर नहेपेको भए हुन्थ्यो : गोकुल बाँस्कोटा News Polar सुनसरीमा २५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा News Polar कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय News Polar एलपीजी ग्यासबाट हुने आगलागी रोक्न ललितपुरमा नमूना अभ्यास News Polar गगनको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समितिबाट सर्वसम्मत अनुमोदन News Polar लगानीको वातावरण सुधार्न कानुनी र प्रक्रियागत सुधार आवश्यक : मन्त्री गौतम News Polar सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू भएमात्रै लगानी बढ्छः ढकाल News Polar आफन्तको संरक्षणमा फर्किए रसुवा बाढीमा आमाबुवा गुमाएका २३ बालबालिका News Polar प्रधान सेनापति अशोक राज सिग्देल बेलायत प्रस्थान News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा News Polar फिर्के खोला अतिक्रमण हटाउने अभियान तीव्र, २६ पक्की संरचनामा चल्यो डोजर News Polar किताब बगाएपछि पर्वतका बालबालिकालाई पढाइको पीर News Polar प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक News Polar भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी News Polar कांग्रेस महाधिवेशन : बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु

आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र

आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र
अ अ+ अ-

जुम्ला। जिल्लामा एक वर्षको अवधिमा आठ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका राष्ट्रिय परिचयपत्र शाखा प्रमुख कृष्णमाया रोकायाका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।

सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि चालु आवको दुई महिनामा एक हजार ४६१ जनाले आवेदन दिएका छन् ।

यसैगरी, गत वर्ष ९७२ जनाले राहदानी लिएका थिए । यस्तै, चालु आवको दुई महिनामा १८६ जनाले राहदानी बनाएका छन् । हुलाकमार्फत २२० सेवाग्राहीको राहदानी घरमै पुर्याइएको जिल्ला प्रशासन कार्यालयका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिनुभयो ।

प्रशासन कार्यालय र हुलाक कार्यालयबीच भएको सम्झौताअनुसार गत वैशाखदेखि हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा सञ्चालन गरिएको छ ।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यले सरकारी कुरियर सेवा विस्तार गरिरहेको छ । गत चैत १३ गते स्वीकृत सरकारको शासकीय सुधारसम्बन्धी एक सय दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गर्दै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । रासस