१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

प्रतिगमनको खतरा अरुबाट होइन सरकारबाटै छ– सहमहामन्त्री डा.महत

प्रतिगमनको खतरा अरुबाट होइन सरकारबाटै छ– सहमहामन्त्री डा.महत
अ अ+ अ-


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले देशमा प्रतिगमनको खतरा अरुबाट नभएर सरकारबाटै भएको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा सुर्खेतमा आयोजित महाधिवेशन प्रतिनिधिका लागि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा डा.महतले सो धारणा राखेका हुन् ।


दुई दिनअघि प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठकको आयोजना गरेर देशमा प्रतिगमनको खतरा बढेको संकेत गरेको प्रसंग उल्लेख गर्दै डा.महतले भने– प्रधानमन्त्रीले कोबाट यस्तो खतरा देख्नुभो त्यो त थाहा भएन, तर हामी भन्छौँ देशमा प्रतिगमनको खतरा सरकारबाटै छ ।
सहमहामन्त्री डा.महतले हिजो काँग्रेस कहाँ छ भनेर तौलिएर बोल्ने प्रधानमन्त्रीले आज काँग्रेसलाई बैठकमा बोलाएर प्रतिगमनको खतराको बयान गर्नुले सरकारलाई आफ्नै काम कारबाहीप्रति सन्तुष्टि नभएको र सरकार कुन बाटोबाट हिँडिरहेको छ भन्ने कुरा पनि देखाएको उनको भनाई थियो ।

उनले गर्दै नगरेको कामलाई पनि पहाडजत्रो बनाएर प्रचार गर्ने कम्युनिष्टहरुसँग लड्न नेपाली काँग्रेस एक भएर लाग्नुपर्नेमा जोड दिए । काँग्रेस अब आगामी निर्वाचनसँग त्यसै नबस्ने र प्रत्येक नेपालीको घरघरमा पुगेर आफ्नो विचार, काम र सिद्धान्तको बारेमा जानकारी दिने उनले बताए ।
काँग्रेसको जारी प्रशिक्षण आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पाटी बनाउनका लागि हो भन्दै सहमहामन्त्री डा.महतले अगाडि भने– कम्युनिष्ट सरकारको शैली देखेर नै नेपाली जनताले आफ्नो धारणा त बनाइसकेका छन् तर पनि यो समय कम्युनिष्टहरुको दुष्प्रचारका विरुद्ध जनता जगाउने बेला हो र काँग्रेसको कुनै पनि कार्यकर्ता बिसाउने बेला होइन ।


यसअघि पनि भोट प्रतिशतका आधारमा काँग्रेस पहिलो पाटी नै भएको स्मरण गर्दै डा.महतले हाम्रो भोट प्रतिशतको आकार अझै बृद्धि गर्न अबका दिनमा काँग्रेस एक ढिक्का भएर तदारुकताका साथ लाग्नुपर्नेमा उनले जोड दिए । काँग्रेसको विचार, नीति र कार्यक्रमहरु ठीक छन्, हामीले गरेका कामहरु उत्कृष्ट छन् तर पनि हामीले आफूले गरेको कामकै जानकारी लिएर पनि जनतामा जान नसकेका कारण काँग्रेस पछि पर्नुपरेको प्रसंग उनले उल्लेख गरे ।

एक प्रसंगमा उनले अबको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पाटीबाट हुनबाट कसैले पनि रोक्न नसक्ने धारणा पनि राखे । कर्णालीमा पर्यटन, कृषि, जलस्रोत र जडिबुटीमा अत्यधिक सम्भावना रहेको र यो प्रदेश नेपालका अरु प्रदेशभन्दा समृद्ध शाली रहेको भन्दै डा.महतले काँग्रेसको नेतृत्वमा मात्र कर्णाली प्रदेश देशको सबैभन्दा समृद्धशाली प्रदेश बन्ने बताए ।