१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बगैंचामै थन्कियो स्याउ



अ+ अ-

मुगु । किसानले उत्पादन गरेको स्याउ बगैंचामै थन्किएको छ। स्याउ पाकेर परिपक्व भएकाले टिपेर निर्यात गर्ने बेला यातायात सेवा अवरुद्ध भएपछि किसानको स्याउ बगैंचामै थन्किएको हो। साउन तेस्रो सातादेखि लगातार परेको अबिरल वर्षाले नाग्मा–गमगढी सडकखण्ड अवरुद्ध हुँदा यहाँका किसान तथा व्यापारीले स्याउ निर्यात गर्न पाएका छैनन्।

किसानको बगैंचामा पाकिसकेको स्याउ निर्यात गर्ने माध्यम नभएपछि बगैंचामै कुहिन थालेको हो। स्याउले बजार नपाउँदा किसान चिन्तित भएका छन्। यहाँको स्याउ सुर्खेत, नेपालगन्ज, दाङ, बुटवललगायत जिल्लामा निर्यात हुन्छ।

तर, साउन तेस्रो सातादेखि जिल्ला आउजाउ गर्ने मुख्य सडक नाग्मा–गमगढी सडकखण्ड अवरुद्ध भएपछि किसानको स्याउ बिक्री भएको छैन। छायाँनाथ रारा नगरपालिका–४ को ताल्चा, सोही नगरपालिका–५ का मैतु र वडा नम्बर ३ को राधधारा, जुम्लिमुल, माथीतुम र लामाचौरलगायत किसानको बगैंचामा फलेका स्याउ बिक्री नहुँदा बगैंचामै थन्किएका हुन्।

छायाँनाथ रारा नगरपालिका–५ का किसान राजकुमार भामले पाकेको स्याउ फलेर रुखबाटै झर्न लागेको अवस्थामा पुगे पनि खरिद गर्ने व्यापारीसमेत नआएको बताए। सडक अवरुद्ध हुँदा लगानी डुब्ने चिन्ताले व्यापारीले समेत स्याउ खरिदमा चासो नदिएका हुन्।

विगतको वर्षको तुलनामा यस वर्ष मुगुमा राम्रो स्याउ उत्पादन भएको छ। पाकेको स्याउ बिक्री नभएपछि किसान स्याउको अन्य परिकार बनाउने तयारीमा छन्। कतिपयले सस्तोमै स्याउ बेच्ने गरेका छन्। दैनिक बजारमा ५० किलो स्याउ बेच्नसमेत धौ धौ हुने गरेको किसान अछमपुरा मल्लले बताइन्।

गत वर्ष बगैंचामै पुगेर व्यापारीले प्रतिकिलो ६५ रुपैयाँसम्मले खरिद गर्ने गरेको स्याउबाट यस वर्ष उत्पादन खर्चसमेत उठाउन मुस्किल परेको बिर्ख बुढ्थापाले बताए। उनका अनुसार समयमै नाग्मा–गमगढी सडकखण्ड नखुलेमा जिल्लाका कृषकलाई स्याउबाट लगानी उठाउन मुस्किल छ। यता सडक डिभिजन कार्यालय जुम्लाले केही दिनभित्रै अवरुद्ध सडक सुचारु हुने बताएको छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै