१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

घडेरीबाट पछि हट्यो सेना !

घडेरीबाट पछि हट्यो सेना !
अ अ+ अ-

काठमाडौं । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गरेको छ ।

जग्गा किनेर प्लटिङ गरी घडेरी बनाएर सकल दर्जालाई उपलब्ध गराउने नीति परिमार्जन गरी त्यसको साटो सहुलियतपूर्ण ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

विगतमा राम्रो उद्देश्य राखेर सकल दर्जालाई आवास उपलब्ध गराउन मुलुकका विभिन्न ठाउँमा जग्गा खरीद गरिएको भए पनि सेना जग्गा प्लटिङको माध्यमबाट व्यापारमा लाग्यो भन्ने विभिन्न आरोप र टिकाटिप्पणीबाट छुटकारा पाउन तथा सहुलियतपूर्ण घरकर्जाका माध्यमबाट धेरैभन्दा धेरै हिताधिकारीलाई सम्बोधन गर्न सकियोस् भन्ने हेतुले सेना यसअघिको निर्णयबाट पछि हटेको बुझिएको छ ।

सेनाले काठमाडौँको कीर्तिपुर, भक्तपुरको दुवाकोट, सुनसरीको इटहरी र चितवनको पिठुवामा जग्गा खरीद गरी बहालवाला तथा अवकाशप्राप्त सकल दर्जालाई सहुलियतपूर्ण किस्ताबन्दी सुविधामा घडेरी उपलब्ध गराउने योजना अघि सारेको थियो । त्यसमध्ये इटहरी र पिठुवाको घडेरी बिक्री भइसकेको छ भने कीर्तिपुर र दुवाकोटको जग्गा एक दशकअघि खरीद गरिएको भए पनि व्यवस्थित घडेरीका रुपमा विकास गरी सकल दर्जालाई उपलब्ध गराउन सेनाले सकिरहेको थिएन ।

खरीद गरिएको जग्गा चक्लाबन्दी नरहेको तथा सीमा, ढल र बाटोसम्बन्धी समस्याका कारण सेनाले ती जग्गालाई समयमा प्लटिङ गर्न अप्ठ्यारो परिरहेको थियो । केहीले सेना जग्गा पल्टिङतर्फ नै किन भन्ने कोणबाट प्रश्न पनि उठाउँदै आएका थिए । यसअघि प्लटिङ गरिएका घडेरी पाँच आनाका दरले गोलाप्रथाको माध्यमबाट सकल दर्जालाई वितरण गरिँदै आएको थियो ।

सेनाले सङ्गठनमा रहेको जनशक्तिको एक प्रतिशतलाई पनि घडेरी उपलब्ध गराउन नसकेपछि सकल दर्जाबाट आएका सुझावका आधारमा पायक पर्ने स्थानमा घडेरी किन्न र घर बनाउन सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने सोचमा सेना अघि बढेको पाइएको छ ।

सम्बन्धित व्यक्ति आफैँ निर्माण गर्दा लागत कम हुने, चाहेको स्थानमा खरीद र निर्माण गर्न सकिने तथा तुलनात्मकरूपमा सङ्गठनले धेरै सङ्ख्यामा आउने मागलाई सम्बोधन गर्न सहज हुने विश्लेषणका आधारमा पछिल्लो निर्णय भएको प्रवक्ता पाण्डेले बताउनुभयो ।

दुवाकोटमा विसं २०६६ मा १२२ रोपनी तथा २०६५ मा कीर्तिपुरमा २५६ रोपनी घडेरीका लागि खरीद गरेको ती जग्गा अब के प्रयोजनमा प्रयोग गर्ने भन्नेबारेमा सेनाले निर्णय गर्न बाँकी नै रहेको छ ।