२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेङ्गुबाट एकको मृत्यु



अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो ।

लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको र पछि चिकित्सकले डेङ्गु रोग लागेको बताएको उहाँका जेठाजु नारद मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि बिरामी भएकाले भारइल ज्वरोको समस्या होला भन्नेमा थियौँ, रोग निको नभएपछि कैलालीतर्फ लग्यौँ, उपचार गर्दागर्दै मृत्यु भयो, चिकित्सकले डेङ्गु हो भनेपछि, हामी आश्चर्यचकित भयौँ ।”

जिल्ला बाहिर कहिले नगएकी निज महिलालाई कसरी डेङ्गु रोग लाग्यो, यो विषयमा जिल्लामा रहेका चिकित्सकसमेत अचम्मित भएका छन् । डेङ्गु रोग लागेर निज महिलाको मृत्यु भएपछि अहिले उक्त क्षेत्रमा त्रास छाएको स्थानीयवासी बताउँछन् । मृतक मसालीलाई डेङ्गु र स्क्रप टाइफस गरी दुई रोग देखिएको मायामेट्रो अस्पतालका डा विष्णु जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “मृतकमा डेङ्गु र स्क्रप टाइफस रोगले धेरै सङ्क्रमण गरिसकेको थियो, उपचार सम्भव भएन र मृत्यु भयो ।”

जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले भन्नुभयो, “एडिज नामको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ, तर डोटीमा अहिलेसम्म पनि उक्त रोगका बिरामी देखिएका छैनन्, हामी नै अचम्ममा परेका छौँ ।” डा मिश्रका अनुसार एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन् । यसले दिउँसो मात्रै मानिसलाई टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ । यस्ले आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा करीब ३०० अण्डा पार्दछ । ज्वरो आएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्दछ । लामखुट्टेको कारण भन्दा पनि मानिसको तीव्र बसाइँसराइ र भ्रमणले यो रोग सार्न सहयोग गरिरहेको चिकित्सको दाबी छ ।