२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार



अ+ अ-

चितवान जिल्ला कार्यलय अगाडि भर्खरै लामिछाने समर्थकको भिडलाई नियन्त्रण गर्न प्रहरीद्वारा १२ राउण्ड अश्रु ग्यास प्रहार गरिएको छ । समर्थकहरुले लामिछाने, युवराज कंडेल र अस्मिता कार्किको बयान लिने कामलाई भोली सारेको भन्दै नाराबाजी लगाएका थिए र त्यस प्रिदर्शनलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेका थिए ।

सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्किको आज वयान लिन भनिएको थियो, जसमा आज अस्मिता कार्कीको मात्रै बयान लिई लामिछाने र कंडेलको बयान लिने कार्यलाई भोलीको भाकामा सारिएको थियो ।

जसकारण आज सबै अभियुक्त पुनः प्रहरी हिरासतभित्रै बस्नु पर्ने भएको छ । अब बाँकीका लामिछाने र कँडेलको बयान भोली सकिएपछि मात्र थुनछेक बहस शुरु हुनेछ । थुनछेक बहसपछि मात्र उनीहरु धरौटिमा छुट्ने या पुर्पक्षका लागि थुनामा जाने अथवा साधारण तारेखमा छुट्ने निर्णय हुनेछ ।