५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुडासैनी मृत्यु प्रकरण : भिडलाई नियन्त्रण गर्न १२ राउण्ड अश्रु ग्यास प्रहार



अ+ अ-

चितवान जिल्ला कार्यलय अगाडि भर्खरै लामिछाने समर्थकको भिडलाई नियन्त्रण गर्न प्रहरीद्वारा १२ राउण्ड अश्रु ग्यास प्रहार गरिएको छ । समर्थकहरुले लामिछाने, युवराज कंडेल र अस्मिता कार्किको बयान लिने कामलाई भोली सारेको भन्दै नाराबाजी लगाएका थिए र त्यस प्रिदर्शनलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेका थिए ।

सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्किको आज वयान लिन भनिएको थियो, जसमा आज अस्मिता कार्कीको मात्रै बयान लिई लामिछाने र कंडेलको बयान लिने कार्यलाई भोलीको भाकामा सारिएको थियो ।

जसकारण आज सबै अभियुक्त पुनः प्रहरी हिरासतभित्रै बस्नु पर्ने भएको छ । अब बाँकीका लामिछाने र कँडेलको बयान भोली सकिएपछि मात्र थुनछेक बहस शुरु हुनेछ । थुनछेक बहसपछि मात्र उनीहरु धरौटिमा छुट्ने या पुर्पक्षका लागि थुनामा जाने अथवा साधारण तारेखमा छुट्ने निर्णय हुनेछ ।