• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

भगवानलाई उपकुलपति बन्न प्रधानमन्त्री ओलीको प्रस्ताव



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ उपकुलपति पाउन सकेको छैन। त्रिविकी शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ। सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा तीनसदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा कमलप्रसाद गुरागाईं र दिल्लीप्रसाद शर्मा सदस्य छन्।

शिक्षामन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा बनेको समितिले तीन साता बित्दा पनि उपकुलपतिका लागि योग्य व्यक्ति फेला पार्न सकेको छैन। त्रिभुवन विश्वविद्यालय ऐनमा सहकुलपतिको संयोजकत्वमा सिनेटका दुई सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने व्यवस्था छ। समितिले सिफारिस गरेको व्यक्तिलाई कुलपति एवं प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ। त्रिविको उपकुलपतिका लागि त्रिविका निवर्तमान उपकुलपतिदेखि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन अरुण सायमीसम्मको चर्चा छ।
त्यस्तै मध्यपश्चिम विश्वविद्यालयमा कार्यकाल सकिएर बाहिरिएका उपेन्द्र कोइराला, त्रिविकी निमित्त उपकुलपति त्रिपाठी, रजिस्ट्रार डिल्ली उप्रेतीलगायतको पनि दौडधुप चलेको छ। प्रधानमन्त्री स्वास्थ्यउपचारको क्रममा सिंगापुरमा रहेकाले पनि उपकुलपति नियुक्तिको प्रक्रिया केही समय धकेलिने देखिन्छ। सिफारिस समितिले विभिन्न व्यक्तिको नाममा छलफल गरिरहेको जनाएको छ।

प्रधानमन्त्री केपी ओलीले भने वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई उपकुलपति बन्न आग्रह गरेको उनी निकट स्रोतले नागरिकलाई बतायो। कोइरालाले बालबालिकाको उपचारका लागि चाइल्ड हेल्थ हस्पिटल स्थापनामा लाग्नुपर्ने भएकाले उपकुलपति बन्न तत्काल निर्णय दिने अवस्थामा आफू नरहेको प्रतिक्रिया दिएको पनि स्रोतले बतायो। प्रधानमन्त्रीनिकट नेकपाका एक नेताले त्रिविलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउनुहुन्न भन्ने पक्षमा प्रधानमन्त्री रहेको बताए। ‘डा. कोइरालालाई यसका लागि उपयुक्त पात्र ठानी उपकुलपति बन्न आग्रह गरिएको हो’, उनले भने। डा। कोइरालाले आफूले भनेजस्तो हुने भएमात्र यस विषयमा सोच्न सकिने जबाफ दिएको पनि उनले बताए।

डा. कोइराला स्वयंले भने यस विषयमा मुख खोलिसकेका छैनन्। प्रतिक्रिया लिन खोज्दा उनले अहिले नै प्रतिक्रिया दिने पक्षमा आफू नरहेको बताए। उनले प्रधानमन्त्रीबाट प्रस्ताव आएको भने संकेत गरे।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।