६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए



अ+ अ-

फैजाबाद । अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्शान प्रान्तको करान वा मुन्जान जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध अफगान सेनाले सोमबार मध्य रातमा गरेको हवाई कारबाहीमा परी कम्तीमा नौ लडाकूको मृत्यु भएको छ ।

अफगान सेनाले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिएका छन् । जारी विज्ञप्तिकाअनुसार सोमबार अबेर राति करान वा मुन्जान जिल्लाको सधै अशान्त भई रहने एज्काजार क्षेत्रमा तालिबान लडाकूलाई लक्षित सो कारबाही भएको थियो ।

यस कारबाहीमा परी नौ तालिबान लडाकूको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका थिए । यस कारबाहीको क्रममा लडाकू समूहले भण्डारण गरी राखेका गोलाबारुद्धलगायत अन्य हातहतियारहरु ध्वस्त भएका थिए ।

करान वा मुुन्जान जिल्लाको प्रमुख भागहरु नियन्त्रण गरिबसेका तालिबान लडाकू समूहले भने यस कारबाहीको बिषयमा कुनै टिप्पणी गरेका छैनन् ।