१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए



अ+ अ-

फैजाबाद । अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्शान प्रान्तको करान वा मुन्जान जिल्लामा लुकेर बसेका तालिवान लडाकूविरुद्ध अफगान सेनाले सोमबार मध्य रातमा गरेको हवाई कारबाहीमा परी कम्तीमा नौ लडाकूको मृत्यु भएको छ ।

अफगान सेनाले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिएका छन् । जारी विज्ञप्तिकाअनुसार सोमबार अबेर राति करान वा मुन्जान जिल्लाको सधै अशान्त भई रहने एज्काजार क्षेत्रमा तालिबान लडाकूलाई लक्षित सो कारबाही भएको थियो ।

यस कारबाहीमा परी नौ तालिबान लडाकूको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका थिए । यस कारबाहीको क्रममा लडाकू समूहले भण्डारण गरी राखेका गोलाबारुद्धलगायत अन्य हातहतियारहरु ध्वस्त भएका थिए ।

करान वा मुुन्जान जिल्लाको प्रमुख भागहरु नियन्त्रण गरिबसेका तालिबान लडाकू समूहले भने यस कारबाहीको बिषयमा कुनै टिप्पणी गरेका छैनन् ।