२१ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार भोटेकोशी बाढीः शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै दिक्तेल बजारको बेसक्याम्पमा विस्फोटक पदार्थ फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दियामा ५५ जनाको डिएनए संकलन



अ+ अ-

बाँके। भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका ५५ जनाको डिएनए सङ्कलन गरिएको छ ।

नागरिकको अवस्था पहिचान गर्न डिएनए नमूना सङ्कलन गरिएको र सो नमूना भोली नै पठाइने जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो ।

“हामीले अझै पनि सम्पर्क नआउनु भएकालाई सम्पर्क गर्न खोजिरहेका छौँ”, उहाँले भन्नुभयो । जिल्लाको बारबर्दिया नगरपालिका, बासगढी, नगरपालिका, मधुवन नगरपालिका, गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिका, ठाकुरबाबा नगरपालिकालगायत विभिन्न स्थानबाट डिएनए नमूना उपलब्ध भएको प्रहरीले जनाएको छ । बर्दियामा ७४ जना सम्पर्कविहीन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमूना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरेको थियो । डिएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने छ । अन्य तीन जना पीडितका आफन्तले चितवन, काठमाण्डौं र बाँकेमा डिएनए नमूना परीक्षण गराएको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज कारागारका कैदी बन्दीको सहयोग

भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपालगञ्ज कारागारका कैदी बन्दीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।

कारगारमा रहेका ८८८ कैदी बन्दीले सङ्कलन गरेको रु एक लाख दुई हजार ६२६ आज कारागारका जेलर नृपजङ्ग शाहीलाई बुझाएका छन् । सो रकम बैंक खुल्नासाथ उद्धार कोषमा जम्मा हुने शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कारगारको ‘क’ ब्लकबाट रु ५१ हजार ५१५ र ‘ख’ ब्लकबाट रु ५१ हजार १५१ सङ्कलन गरिएको थियो । अहिले सो कारागारमा ८८८ कैदी बन्दी रहेका छन् । अहिलेसम्म बाँकेमा रु २५ लाखभन्दा बढी रकम दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको छ । रासस