२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

महाकाली नदी नियन्त्रण आयोजना सुस्त गतिमा

महाकाली नदी नियन्त्रण आयोजना सुस्त गतिमा
महाकाली नदी (फाईल फोटो)
अ अ+ अ-

दार्चुला । विसं २०७० को बाढीपछि निर्माण सुरु भएको दार्चुला सदरमुकाम खलङ्गा क्षेत्रको तटबन्ध निर्माणको काम अझै सकिएको छैन । आव २०७०/०७१ मा सुरु गरिएको साढे चार किलोमिटर तटबन्धका पटक पटक म्याद थप गरिए पनि निर्माणको काम अझैसम्म अधूरो रहेको हो । लेकम गाउँपालिकाको लालीदेखि व्यास गाउँपालिकाको छाङ्गरुसम्मको  उक्त आयोजनाको अन्य क्षेत्रमा काम भए पनि सदरमुकामको दुई वटा प्याकेजमा काम भने अझै बाँकी छ ।

सदरमुकाम खलङ्गा क्षेत्रको प्याकेज नं १८ र १९ मा अझै काम हुन नसकेको आयोजनाका सूचना अधिकारी इञ्जिनीयर स्मित श्रेष्ठ बताउनुहुन्छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म निर्माण कार्य सुस्त छ । गत वर्ष नै ठेक्का लागेका यी दुवै ठाउँमा यही साता आगामी चैत ३० गतेसम्मलाई म्याद थप गरिएको थियो ।

दुबै ठाउँका प्रगति पनि निराशाजनक छ । इञ्जिनीयर श्रेष्ठका अनुसार प्याकेज नं १८ रहेको सदरमुकाम पुलघाटमा २२ प्रतिशत  र प्याकेज नं १९ रहेको श्रीवड क्षेत्रमा चार प्रतिशत मात्रै प्रगति देखिएको छ । प्याकेज नं १८ मा गतवर्ष रु नौ करोड ४५ लाख ४८ हजार तथा प्याकेज नं १९ मा रु ११ करोड ५५ लाख ४४ हजारको लागतमा निर्माण गर्ने गरी राजेन्द्र निर्माण सेवा प्रालिको बोलपत्र स्विकृत भएको थियो ।

गत वर्ष नै ठेक्का लागेका प्याकेज नं १६, १७ मा काम सम्पन्न भए पनि  १८ र १९ मा समयमै काम नहुँदा प्रगति नदेखिएको हो । यी दुवै प्याकेजका निर्माण व्यवसायी भीमबहादुर साउद हुन् । श्रीबगडमा गत वर्ष निर्माणको काम सुरु गर्ने बेला महाकालीमा बाढी आएकाले निर्माण कार्य अस्तव्यस्त बनाएको थियो । चालू आर्थिक वर्षमा पनि यी दुवै ठाउँमा समयमै काम हुने अवस्था छैन । प्याकेज नं १८ लाई पुलघाटसम्म जोड्न सकिए खलङ्गा क्षेत्रको साढे चार किलोमिटर पक्की तटबन्ध निर्माणको काम पूरा हुने इन्जिनियर श्रेष्ठको भनाइ छ ।

विसं २०७० मा सदरमुकाम खलङ्गामा बाढीका कारण ठूलो क्षति भएकाले सदरमुकाम जोगाउन महाकाली नदी नियन्त्रण आयोजना सुरु भएको हो । सुरुमा तीन वर्षभित्र निर्माण सक्ने गरी आयोजना सुरु गरिए पनि निर्धारित समयमा काम हुन नसकेपछि २०७६५ मङ्सिर ५ गते म्याद थप गरिएको थियो ।

संशोधित मितिमा पनि काम हुन नसकेपछि पुनःआर्थिक वर्ष २०७७/०७८ सम्ममा  निर्माण सक्ने गरी म्याद थप गरिएको थियो । पटकपटक म्याद थप गर्दै जाँदा पनि काम हुन नसक्दा तेस्रो पटक २०७७ मङ्सिर ९ गते पुनः म्याद थप गरी  आव ०७९/८० सम्ममा सक्न समयावधि तोकिएको छ। पछिल्लो समय उक्त आयोजनाअन्तर्गत दार्चुलाकै चमेलिया र नौगाड क्षेत्रमा काम थालिएको छ ।

यस्तै बझाङ, बैतडी र डडेल्धुरामा समेत सङ्घअन्तर्गत तटबन्ध निर्माणको काम अहिले नदी नियन्त्रण आयोजनाले पाएको छ । सदरमुकाम खलङ्गा तहसनहस भएको अवस्थामा साढे चार किलोमिटर क्षेत्रमा पक्की संरचना निर्माणपछि अहिले सदरमुकाम सुरक्षित छ । देशकै नमूना आयोजनाका रुपमा सुरु गरिएको तटबन्ध निर्माण समयमै सम्पन्न गर्नुपर्नेमा जिल्लावासीको माग छ ।

सदरमुकाम खलङ्गा रिङरोडमा जोड्न पुलघाट क्षेत्रमा तडबन्ध निर्माण गर्नुपर्नेछ । तटबन्धसँगै सडक पनि निर्माण गरिएको हुँदा देशकै नमूना तटबन्ध पक्की  पनि बनेको हो । अहिले यो तटबन्ध निर्माण भएको क्षेत्रमा जथाभावी बालुवा उत्खनन् र केही ठाउँमा नदीका कारण तटबन्ध भत्किने खतरा बढेको आयोजनाले जनाएको छ ।

चमेलिया र नौगाडमा तटबन्ध निर्माण गर्न बजेट अभाव

नदी कटानको उच्च जोखिममा रहेका दार्चुलाको नौगाड गाउँपालिकाको होपरीगाड क्षेत्र र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजार क्षेत्रमा पक्की तटबन्ध निर्माणको प्रक्रिया चालू भए पनि बजेट अभावले काम हुन सकेको छैन । यो क्षेत्रमा दार्चुला सदरमुकामको जस्तै पक्की तटबन्ध बनाउने गरी गुरुयोजना निर्माण गरिए पनि अहिलेसम्म बजेट उपलब्ध नहुँदा निर्माणको काम अघि बढ्न नसकेको इञ्जिनीयर श्रेष्ठ बताउनुहुन्छ ।

अहिले पनि चमेलिया नदीमा तारजाली लगाउन एक करोड र नौगाडमा जाली राख्न रु ५० लाख मात्रै बजेट छ । यहाँको जस्तै संरचना बनाउने योजना भए पनि  बजेटको व्यवस्था नहुँदा बोलपत्र आह्वान हुन सकेको छैन उहाँको भनाइ छ।  

नौगाडको होपरीगाड क्षेत्रमा तीन पटक बाढी आएपछि यहाँका बस्ती अहिले पनि जोखिममा छन् । यस्तै गोकुलेश्वर बजार क्षेत्रको एक किलोमिटर क्षेत्रभित्र चमेलियाको कटान अत्यधिक रहेको भन्दै तत्काल तटबन्ध निर्माण अघि बढाउने गरी प्रक्रिया थालिए पनि बजेट अभावमा काम हुन सकेको छैन । रासस