१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर



अ+ अ-

काठमाडौं, १ असोज । डिजिटल वालेट खल्ती बाइ आइएमई र राइड–हेलिङ प्लेटफर्म इन ड्राइभले राइडको भाडा डिजिटल रूपमै लिने र तिर्ने व्यवस्थाका लागि सहकार्य गरेका छन् । यो सहकार्यअन्तर्गत इन ड्राइभका चालक र यात्रु दुवैलाई लक्षित गरी तीन महिनाको अभियान सुरु भएको छ ।

यो अभियानमार्फत इन ड्राइभ राइडको भाडा खल्तीबाट तिर्न र चालकले पनि राइडको भाडा खल्तीमै लिन सक्नेछन् । यससँगै चालक र यात्रु दुवैले दैनिक पुरस्कार जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन् ।

यो अभियानअन्तर्गत इन ड्राइभका चालकले एक दिनमा कम्तीमा पाँचवटा राइडको भाडा खल्तीमार्फत लिएमा मात्रै सो दिनको लक्की ड्रमा सहभागी हुन सक्नेछन् । दैनिक १० जना चालकले पाँच लिटर पेट्रोल बराबरको रकम पुरस्कारका रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, इन ड्राइभका यात्रुले राइडको भाडा खल्तीमार्फत तिरेमा सो दिनको लक्की ड्रमा स्वतः सहभागी हुन सक्नेछन् । यसका लागि छुट्टै दर्ता आवश्यक पर्ने छैन । यो योजनाअन्तर्गत हरेक दिन १० जना यात्रुले रु. २०० बराबरको खल्ती ब्यालेन्ससमेत प्राप्त गर्न सक्नेछन् ।

खल्ती र इन ड्राइभबीचको यो सहकार्यले दैनिक आवतजावतमा प्रयोग हुने राइडको भाडा तिर्ने र लिने प्रक्रियालाई थप सहज बनाउने अपेक्षासँगै चालक र यात्रु दुवैलाई डिजिटल माध्यमको प्रयोगतर्फ उन्मुख हुन प्रेरित गर्नेछ ।

दैनिक आवतजावतसँग जोडिएको राइड भुक्तानीलाई डिजिटल माध्यमतर्फ थप विस्तार गर्ने उद्देश्यले इन ड्राइभसँग सहकार्य गरिएको आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिनुभयो । चालक र यात्रु दुवैलाई सहज डिजिटल भुक्तानीको वातावरण बनाउने र डिजिटल भुक्तानीको प्रयोगलाई दैनिक व्यवहारको हिस्सा बनाउन यो सहकार्य कोशेढुङ्गा साबित हुने रेग्मीको भनाइ छ । यो अभियानले यात्रु र चालक दुवैमा सहजताको वातावरण सिर्जना गर्ने समेत कम्पनीले उल्लेख गरेको छ ।

यो अभियान २०८३ भाद्र २५ देखि मंसिर २५ सम्म सञ्चालनमा रहने पनि कम्पनीले जनाएको छ ।




भर्खरै