१ पुष २०८२, मंगलवार
,
Latest
आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पोई पर्यो काले’को फस्टलुक रिलिज, सौगात र पूजा शर्माको रोमान्स



अ+ अ-

कात्तिक ८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘पोई पर्यो काले’को फस्टलुक रिलिज भएको छ । चलचित्रको फस्टलुकमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठलाई स्थान दिइएको छ ।

फस्टलुकले चलचित्र विशुद्ध पारिवारिक कथामा बनेको संकेत दिन्छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपालीको लगानी छ । लेखन तथा निर्देशन भने शिशिर राणा रहेको छ ।

चलचित्रमा शिव ढकालको छायांकन, लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन छ ।

मधुमास देखि हाल सम्हालिन्छ कहिले मन सम्म अभिनेत्री पूजाले निर्देशक सुदर्शनको साथ छाडेकी छैनन् । लगातार एकपछि अर्को फिल्म साथमा गर्दा उनीहरु प्रेममा रहेको चर्चा पनि निकै चलेको छ । गुमनाम पूजालाई स्टार बनाउनमा सुदर्शनको ठूलो हात छ । उनको साथ विना पूजाको करिअर धर्मराउने चर्चा भइरहँदा उनले धेरैपछि अन्य निर्देशकसँग सहकार्य गरेकी छन् ।