• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

‘साहो’को पहिलो दिनको कमाइ १३० करोड



प्रभास अभिनित एक्सन थ्रिलर साहोले रिलिजको पहिलो विश्वव्यापीरूपमा १३० करोड भारूको कमाइ गरेको छ। हिन्दी, तमिल, तेलेगु तथा मलयालम गरी सात भाषामा १० हजार पर्दामा एकसाथ रिलिज भएको सिनेमाले पहिलो दिन यो कमाइ गरेको हो।

सिनेमाले हिन्दी संस्करणमा २४.४० करोड भारू कमाइ गरेको छ।चलचित्र रिलिज भए पछि चलचित्र औषत रहेको प्रतिक्रिया आईरहेको छ।

आर्थिक रुपमा फाईदामा गए पनि प्रविधिक र चलचित्रको ब्याकरणमा औषत रहेको प्रतिक्रियाहरु आईरहेका छन्। प्रभासको चलचित्र भनेपछि दर्शहरु हलसम्म पुग्ने नै छन त्यसैले आर्थिक रुपमा फाईदा जाने निश्वचित रहेको छ। चलचित्रका अरु बिधा जस्तै ब्याकरण, कथामा केहि समस्या रहेको देख्न सकिन्छ ।

सुजिथ निर्देशित सिनेमा प्रभासका अलावा ज्याकी श्राफ, श्रद्धा कपुर, निल नितिन मुकेश आदिको मुख्य अभिनय रहेको छ।