५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनील नारायणले राखे लाजमर्दो कीर्तिमान



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्सका स्टार ओपनर सुनिल नारायण शनिबार जसप्रित बुमराहको बलिङको शिकार भए ।

आईपीएल २०२४ को ६० औं खेल कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच इडेन गार्डेनमा खेलिएको थियो, जुन वर्षाका कारण ढिलो सुरु भएको थियो । दुवै टोलीले १६ ओभर खेल खेले ।

खेलमा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका जसप्रित बुमराहले पहिलो बलमै इनस्विङ योर्कर प्रहार गरे, जसलाई नारायणले बललाई बुझ्न सकेनन् र बल सिधै स्टम्पमा गयो । उनी क्लिन बोल्ड भएर निराश हुँदै प्याभिलियन फर्किए । सुनिल नारायण खाता नखोलेर आउट हुँदा उनको नाममा लज्जास्पद कीर्तिमान पनि दर्ता भयो ।

आईपीएलमा यो १६ औं पटक हो, जब सुनिल नारायण खाता नखोलेर प्याभिलियन फर्किएका थिए । टी–२० क्रिकेटमा सुनिल नारायणले सर्वाधिक पटक शून्यमा आउट हुने कीर्तिमान कायम गरेका छन् । नारायण टी–२० क्रिकेटमा ४४ औँ पटक खाता खोलेर आउट भएका छन् ।

उनले इंग्ल्याण्डका ब्याट्सम्यान एलेक्स हेल्सको कीर्तिमान तोडे, जसले खाता नखोली ४३ पटक आउट भएका थिए ।

अफगानिस्तानका लेग स्पिनर राशिद खान टी–२० क्रिकेटमा ४० भन्दा बढी पटक शून्यमा आउट भएका खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । राशिद खान टी–२० क्रिकेटमा ४२ पटक शून्य रनमा आउट भएका थिए । आईपीएलमा मुम्बई इन्डियन्सविरुद्ध नारायण तेस्रो पटक शून्य रनमा आउट भए ।