१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोनले हलिउड चलचित्र ‘टान्सपोर्टर’को हिन्दी रिमेकमा काम गर्ने



अ+ अ-

बलिउड नायक जोन अब्राहमले हलिउड चलचित्र ‘टान्सपोर्टर’को हिन्दी रिमेकमा काम गर्ने भएका छन् । निर्माणपक्ष र जोनबीच सम्झौता भइसकेको छ ।

‘टान्सपोर्टर’मा हलिउड कलाकार जासोन स्ताथामको मुख्य भूमिका थियो । जोसनले निर्वाह गरेको भूमिकामा नै जोन प्रस्तुत हुनेछन् ।

उनले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘चलचित्रको विषयमा मैले धेरै बोल्न मिल्दैन । राम्रो टिमले यो चलचित्रको रिमेक राइट्स किन्नु भएको छ । उहाँले मलाई अफर गर्नुभयो र म पनि खुसी खुसी काम गर्न राजी भएँ ।’ उनले यो चलचित्रका लागि विशेष तयारी गरिरहेको समेत सुनाए ।