२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलेरो जिप दुर्घटना हुँदा चालकसहित दुईजना घाइते



अ+ अ-

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–११ स्थित जरिङ्गेमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित दुईजना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ ।

बुधबार बिहान उदयपुरको कटारीबाट बोइलर कुखुराको चल्ला लिएर ओखलढुंगाको निशंखेतर्फ आउँदै गरेको ज १ च ९९२ नम्बरको बोलेर जिप दुर्घटना हुँदा जिप चालक कटरी नगरपालिका ८ निवासी २१ वर्षीय सुमन कार्की गम्भीर घाइते भएको ओखलढुंगा प्रहरीले जनाएको छ।

कार्कीको टाउको तथा हातखुट्टामा चोट लागेकाले उद्धार पछि सामुदायिक अस्पताल मिसन पठाइएको प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए । जिपमा चालक कर्कीसँगै सवार सहचालक कटारी नगरपालिका ४ का २० वर्षीय राम खनालको अवस्था भने सामान्य छ ।