१८ भाद्र २०८३, बिहीबार
,
Latest
जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह मन्त्रिपरिषद् बैठक सुरु होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह : ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार,होटलको लागि सिलिन्डरको तौल… सुरुङमा उद्धार र मानवीय क्षतिको विवरण अद्यावधिक हुँदैछ : परराष्ट्र मन्त्रालय विपद् प्रतिकार्यमा सरकारलाई सहयोग गर्ने रास्वपाको निर्णय, ७२ घण्टाभित्र राहत वितरण गर्न आग्रह संसद बैठक चलिरहँदा सभाकक्षमै ढले काँग्रेस सांसद खड्का विपद्पछिको अवस्था र राहतबारे परराष्ट्र मन्त्रालयद्वारा कुटनीतिक ब्रिफिङ, केरुङमा रहेका नेपालीलाई फर्काउन समन्वय गरिँदै रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आज भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद् तथा त्यसपछिको खोज, उद्धार, उपचार र राहत वितरणका विषयमा छलफल भएको हो ।

भेटमा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा उपचारलाई प्रभावकारी बनाउने, प्रभावित क्षेत्रमा राहत पुर्‍याउने र बेपत्ताको खोजी कार्यलाई तीव्रता दिने विषयमा कुराकानी भएको जनाइएको छ ।

यस्तै, बाढीका कारण क्षतिग्रस्त भएका सडक, पुल, जलविद्युत्लगायतका पूर्वाधारलाई शीघ्र पुनः सञ्चालनमा ल्याउने तथा प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाउने विषयमा पनि प्रधानमन्त्री शाह र नेता पुनबीच छलफल भएको छ ।

प्रधानमन्त्री शाहले विपद्पछिको अवस्थालाई सामान्य बनाउन सरकारका तर्फबाट भइरहेका उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासबारे जानकारी गराउनुभएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेटवार्ता गर्नुभएको थियो । सिंहदरबारमा भएको उक्त भेटमा पनि रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न विपद्, उद्धार तथा राहत र प्रभावित क्षेत्रका पूर्वाधार पुनःस्थापनालगायत विषयमा छलफल भएको थियो।




भर्खरै