२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुवावेको ७ वटा क्यामरा भएको स्मार्टफोनमा बजारमा आउदैं



अ+ अ-

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले आफ्नो बहुप्रतिक्षित नयाँ स्मार्टफोन आगामी १९ सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ ।जर्मनीको म्युनिखमा विशेष कार्यक्रम गरी हुवावेले मेट ३० सिरिजको स्मार्टफोन लञ्च गर्ने तयारी गरेको छ ।

त्यस अवसरमा हुवावेले हुवावे मेट ३०, हुवावे मेट ३० प्रो र हुवावे मेट ३० लाइट लन्च गर्नेछ ।
हुवावे मेट ३० मा ६.७१ इन्चको ओएलइडी डिस्प्ले हुनेछ । त्यस्तै ४५ सय मिलिएम्पियर आवरको ब्याट्री रहनेछ । स्मार्टफोनको इन्टर्नल स्टोरेज १२८ जिबी र र्याम ८ जिबीको हुनेछ ।

मेट ३० प्रो स्मार्टफोनका फाइभ के रिजोलुसन तथा ३६० डिग्री क्यामरा रहनेछ । साथै फोनमा मेट २० मा जस्तै प्रिमियम ग्लास तथा मेटल बडी रहनेछ ।

मेट ३० स्मार्टफोनमा कुल ७ वटा क्यामरा हुनेछन् । तीमध्ये ४ वटा क्यामरा पछाडिको भागमा हुनेछन् भने सेल्फी खिच्नका लागि ३ वटा क्यामरा राखिनेछ । मुख्य क्यामरा ४० मेगापिक्सेलको हुने बताइएको छ ।