२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुरी प्रहार गरी श्रीमतीको हत्या



अ+ अ-

खोटाङ । खोटाङमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई बिहीबार राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो ।

श्रीमतीको हत्या गरेलगत्तै स्थानीयवासीले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले सीतारामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । प्रहरीका अनुसार हत्याको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । पक्राउ परेका सीतारामलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक आमोद खेरवालले जानकारी दिए । राई दम्पतीका एक छोरा छन् ।