६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कप: नेपाल र श्रीलंबीचको रोकिएको खेल पुनः सुरु, ४२ ओभरमा छोट्याइयो



अ+ अ-
फाइल फोटो

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलंबीचको रोकिएको खेल पुनः सुरु भएको छ ।

आर प्रेमादशा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ ओभरको क्षतिमा दुई विकेट गुमाउदै ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । नेपालका लागि दुई ब्याट्सम्यान सस्तैमा समेटिएका थिए । आशिफ शेख ७ रनमा आउट हुदा पवन सर्राफ चार रनमा आउट भएका थिए ।

पानी परेपछि रोकिएको खेल केही ढिलो गरी सुरु भएको कारण ४२ ओभरमा छोट्याइएको छ ।नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र यूएई छन्। भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अन्तिम खेल यूएईसँग भदौ २४ गते खेल्नेछ।

राउन्ड रोविन लिगका आधारमा खेलिने खेलमा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। अघिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा पुगेको थियो।