१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु



अ+ अ-

काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका थप चारवटा साइट सञ्चालनमा ल्याएको छ।

टेलिकमले आज भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित साइट सुचारु गरेको हो।

यी चार साइट सञ्चालनमा आएसँगै बाढीबाट प्रभावित भएका नेपाल टेलिकमका कुल १२० साइटमध्ये ११० वटा साइट पुनः सञ्चालनमा आएका छन्।

जिबजिबे टावर सञ्चालनमा आएपछि भोर्ले, चिती, गाइसौरा, भोर्लेलगायत नौकुण्ड गाउँपालिका–५ र ६ का विभिन्न स्थानका सेवाग्राहीलाई सञ्चार सेवा सहज हुने टेलिकमले जनाएको छ।

त्यस्तै, सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङलगायत आसपासका क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन्।

धादिङको बेनीघाट साइट सञ्चालनमा आएपछि बेनीघाट बजार तथा आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुनेछ। नुवाकोटको त्रिशूली साइट सुचारु भएसँगै त्रिशूली बजार र ढुंगे आसपासका क्षेत्रमा समेत सञ्चार सेवा पुनः सहज हुने भएको छ।

बाढीका कारण प्रभावित दूरसञ्चार सेवा क्रमशः पुनःस्थापना गर्दै लगिएको नेपाल टेलिकमले जनाएको छ।




भर्खरै