६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

झडपमा परी सोह्र जनाको मृत्यु



अ+ अ-

तालुृकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा प्रहरी जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा १६ व्यक्तिको मृत्यु भएको छ । तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षाबल र लडाकूबीच भएको झडपमा परी छ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य चार घाइते भएका छन् ।

दर्काद जिल्लामा भएको यस झडपमा परी आठ तालिबान लडाकु मारिनुको साथै अन्य पाँच घाइते भएका छन् । प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाल हिज्रीले सिन्ह्वा समाचार समितिलाई उक्त जानकारी दिएका छन् ।

यस प्रान्तको कैयौ पहाडी इलाकामा लुकेर सुरक्षित वासस्थान बनाइरहेका तालिबान लडाकू समूहले बारम्बार सुरक्षा अधिकारी लक्षित आक्रमण गर्दै आएका छन् ।