१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने पर्यटन मन्त्रीको घोषणा



अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलभित्र सेवा सुबिधा थप्ने काम सुरु भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक भवनमा लगेज बेल्टको शुभारम्भ गर्दै मन्त्री भट्टराईले उनले सरकार नागरिकलाई सेवा सुविधा दिन सधै तयार रहेको भन्दै उनले आन्तरिक तर्फको विमानस्थलहरुको भौतिक संरचना र सेवाको विस्तार गर्दै लैजाने घोषणा गरे ।

काठमाडौँ लगायत देश भित्रका विमानस्थलहरुमा ‘पर्यटन वर्ष २०२०’ लक्षित कार्यक्रम पनि लागू हुने मन्त्री भट्टराईको भनाई छ ।