१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिम्रिक एयरलाइन्सले पुनः उडान अनुमति प्राप्त गर्‍यो



अ+ अ-

काठमाडौं । सिम्रिक एयरलाइन्सले पुनः उडान अनुमति प्राप्त गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएसँगै उडान सञ्चालन हुन लागेको हो ।

सिम्रिक एयरलाइन्सका बजार तथा बिक्री विभाग प्रमुख प्रज्वल थापाका अनुसार प्राधिकरणले नियमित रुपमा उडान संचालन गर्न अनुमति दिएपछि शनिबारबाट उडान सूचारु हुने भएको छ ।

यसअघि सिम्रिकका जहाजमा जडिट पार्ट्सको विषयमा प्रश्न उठाउँदै प्राधिकरणले सिम्रिकका जहाज ग्राउण्डेड गरेको थियो । त्यसपछि कम्पनीले प्राधिकरणले उठाएका प्रश्नको समाधान हुने गरी कागजात बुझाएपछि उडान अनुमति दिइएको हो ।